मंगलबार ०४ माघ २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र काठमाडौंस्थित अमेरिकी राजदूतावासका ‘डेपुटी पोलिटिकल काउन्सिलर’ मार्क टेम्पलरबीच भेटवार्ता भएको छ।

अमेरिकाको चासोको विषय रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को राप्रपाले खुलेर विरोध गरेकै बेला अमेरिकी अधिकारीले राप्रपा अध्यक्षलाई भेटेका हुन् ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएका थिए।

भेटघाटको क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति राप्रपा प्रतिबद्ध रहेको उल्लेख गरे।

भेटमा अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।


Last Updated on: December 23rd, 2021 at 7:15 am
४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया