बुधबार १२ माघ २०७८

काठमाडौँ- वाग्मती प्रदेशमा नेकपा एकीकृत समाजबादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले शुक्रबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेर १८ वटा मन्त्रालय पुर्याएर इतिहास रचेका छन्।

images
कुल १३ वटा जिल्ला रहेको बागमती प्रदेशमा पाण्डेले जिल्ला भन्दा पनि बढी मन्त्रीको संख्या पुर्याएका हुन्। पाण्डेले नेतृत्व गरेको वाग्मती प्रदेशमा चौथो पटकमा तीनजना मन्त्री र तीनजना राज्यमन्त्री थपेपछि १४ जना मन्त्री र ४ जना राज्यमन्त्री गरी कुल १८ जना मन्त्री भएका छन् ।

मन्त्रालय विभाजन गरेर मन्त्रीको संख्या बढाएको, जिल्ला भन्दा बढी मन्त्रीको संख्या पुर्याएको र एक झ्याल एक मन्त्रालय समेत बनाएको भन्दै मुख्यमन्त्री पाण्डे चौतर्फी रुपमा आलोचित बनेका छन्।

मुलुक आर्थिक संकटमा परिरहेका बेला समाजबादीका नेता समेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डे भने त्यसको प्रबाह नगरी जनताबाट उठेको करमा मन्त्रालयको संख्या मात्र थपेर राज्यमाथि थप भार थोपर्न तल्लीन छन् ।

अघिल्लो सरकारले छुट्टाएका विकासे योजना समेत मुख्यमन्त्री बन्नासाथ रद्ध गरेका उनले मन्त्रालय भने धमाधम बिस्तार गरीरहेका छन्।

पाण्डे मुख्यमन्त्री बनेपछि विद्युतीय बस खरिद र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना स्थगित गरेका थिए। जबकि अघिल्लो सरकारले विद्युतीय बस खरिद गर्न ३० करोड र हेटौंडा–काठमाडौं सुरुङमार्गलाई ५० करोड रुपैयाँ बजेट छुट्याईसकेको थियो ।


Last Updated on: December 25th, 2021 at 2:36 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया