मंगलबार ०४ माघ २०७८

काठमाडौं ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन्। एमाले पर्साले आयोजना गरेको सभामा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका

हुन्। एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ। ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए। ‘माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको

शक्ति बनेको पनि उनको भनाइ छ। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए । कार्यक्रममा मियाँसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए। हाम्रो खबर बाट

यो पनि पढ्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन् । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ

जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो । त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।


Last Updated on: December 26th, 2021 at 11:39 am
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया