मंगलबार ०४ माघ २०७८

लामो समय देखी नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रशंसा गर्दैै आएकी पूर्वमन्त्री एवं समाजसेवी घद्रकुमारी घलेले केपी ओलीलाई राजा महेन्द्रको स्थानमा राखेकी छिन् ।

यो देशमा विकास गर्ने र राष्ट्रवादी छवि भएको कित राजा मेहेन्द्र हो की त केपी ओली हो भन्दै उनले ओलीको काम बाट आफु असाध्यै प्रभावित भएको बताएका छिन् । नेपालमा अहिले जीवीत नेताहरुमा ओली जत्तिको भिजनरी र देशप्रेमी नेता अरु नभएको पनि उनले भनेकी छिन् ।

यो देशमा विकास गर्ने र राष्ट्रवादी छवि भएको कित राजा मेहेन्द्र हो की त केपी ओली हो भन्दै उनले ओलीको काम बाट आफु असाध्यै प्रभावित भएको बताएका छिन् । नेपालमा अहिले जीवीत नेताहरुमा ओली जत्तिको भिजनरी र देशप्रेमी नेता अरु नभएको पनि उनले भनेकी छिन् ।

घलेले नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालको हर्कत प्रति भने कडा शब्दमा आलोचना गरेकी छिन् ।

माधव कुमार नेपालले एमाले विभाजन गराएर धेरै ठूलो गल्ती गरको भन्दै ९१ बर्षिया घलेले माधव नेपालले आज सम्मको जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको बताएकी छिन् । पार्टी फुटाएर नेपालले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने काम गरेको पनी उनले बताइन् ।

ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा पूर्वमन्त्री घलेले माधव नेपाललाई यती ठूलो पार्टी विभाजन गराएर हिड्न लाज किन नभएको होला भन्दै प्रश्न गरेकी छिन् । माधव नेपाललाई त बास्तवमा नेता भनेर हिड्न पनि लाज हुनु पर्ने भन्दै उनले त्यस्तो मान्छेले नेता भनेर हिड्न सुहाउँछ रु भन्दै प्रश्न गरेकी छिन् ।

कुराकानीको क्रममा घलेले मात्र पद, पैसा र स्वार्थको लागी पार्टी फुटाइएको भन्दै ओलीजस्तो बहादुर प्रधानमन्त्रीको विरुद्ध गएर उनीहरुले गल्ती गरेको बताइन । राजा महेन्द्र पछिको सबैभन्दा रामो र आफुलाई मन परेको नेता ओलीनै हो भन्द फेरी पनि ओलीकै राजनिती अघि बढ्ने दावी गरिन् ।

माधव नेपाल प्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएकी ९१ बर्षिया घलेले अब माधव नेपालको राजनिती कहिल्यै पनि माथी उठ्न नसक्ने ठोकुुवा गरिन् । म बुढि मान्छेले भनेकी छु बावु यस्तो काम गरेर हिड्ने माधव नेपालको कहिल्यै भलो हुँदैन मलाई लाग्छ अब यिनको राजनितीनै सकियो उनले भनिन् ।

पद र पैसाका लागी नेताहरुले जे पनि गर्न थालेको भन्दै पुर्वमन्त्री घलेले पाँट पटक सम्म प्रधानमन्त्री भएको शेरबहादुर देउवाले गरेको एउटा मात्रै पनि राम्रो काम देखाउँन चुनौती दिएकी छिन् । देउवाले आज सम्म एउटा पनि राम्रो काम नगरेको उनको दावी छ ।


Last Updated on: December 26th, 2021 at 12:51 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया