मंगलबार ०४ माघ २०७८

काठमाडौं । नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि भएका छन् ।

१४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो ।

सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको हो।

१२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए ।

नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भएपनि पार्टी राजनीतिमा थापा आगाडि प्रवेश गरेका थिए ।

महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ ।


Last Updated on: December 26th, 2021 at 1:06 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया