मंगलबार ०४ माघ २०७८

काठमाडौ : नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताएका छन्।

शुक्रबार उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले लोड धेरै बढेपछि ट्रान्स’फर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकोले बिजुली गइरहेको बताए।

उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए।
प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो डिमाण्ड गतसालको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ। इण्ड’क्शनदेखि लिएर अहिले सबै इक्वीप’मेण्टहरु प्रयोग भयो कि जस्तो देखिन्छ।

त्यसले गर्दा ३ सय, ४ सय मेगावाट डिमाण्ड बढेको छ। त्यसले काठमाडौं उपत्यकामा पनि ४ सय ५० मेगा’वाट डिमाण्ड छ। अब काठमाडौंमा अलिकति ठाउँ ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ।

बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ। हाम्रो त्यो पिकको टाइममा केही ट्रान्स’फर्मरहरु ओभर’लोडिङ भएको देखिन्छ।’
प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फण्ड आइरहेको र त्यो फण्ड काठमाडौं र पोखराका प्रमुद क्षेत्रमा अण्डराउण्ड केवलिङमा हुने उल्लेख गरेका छन्। -नागरिक


Last Updated on: December 26th, 2021 at 1:45 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया