बुधबार १२ माघ २०७८

नेकपा एमालेका नेता भिम रावलले कुनै पनि देशभक्त नेपाली एमसीसीको पक्षमा लाग्न नसक्ने भन्दै एमसीसीको समर्थनमा लाग्नेहरु सबै विदेशीको दलाल हुन् भन्दै कडा टिप्पणी गरेका छन् ।

नेपालमा एमसीसी ल्याउँनु पर्छ भनेर पहिलो पटक अमेरिकालाई पत्राचार गर्ने मान्छे बावुराम भट्टराई भएको भन्दै रावलले प्रमाणनै पेस गरेका छन् । काठमाडौंमा शनिबार आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले बावुरामलाई दलालकै संज्ञा दिएका छन् ।

अहिले पनि बावुराम भट्टराई एमसीसी पास हुन पर्छ भनेर हिँडेको भन्दै यस्ता मान्छेलाई नोटिसमा राख्न पनि रावलले भनेका छन् । एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको भारी बोकेर हिड्ने बावुराम देशपरिवर्तनका लागी भएको जनयुद्धको नेतृत्वमा कसरी पुग्यो भनेर पनि प्रश्न पनि गरेका छन् ।

एमसीसी कसरी नेपालको हित विपरित छ भनेर आजको कार्यक्रममा रावलले पावरप्वाइन्ट प्रिजेन्टेसननै गरेका थिए । राववलले एक एक बुँदा बुँदामा चिरफार गरेका थिए । कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने भन्दै उनले अझै पनि एमसीसी राष्ट्रघाती होइन भन्नेलाई डाक्टरकोमा गएर आँखा जाँच गरेर राम्रो चस्मा लगाएर पढ्न पनि उनले चुनौती दिएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले एमसीसी संशोधन बिना नै संसद्‌बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए । नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने अडान पनि दोहोर्‍याए ।


Last Updated on: December 26th, 2021 at 2:15 pm
५१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया