मंगलबार ०४ माघ २०७८

राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीले नेपाली युवाले खाडी मुलुकमा १०० डिग्रीभन्दा तातोमा पसिना बगाउन बाध्य रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ‘।

‘यो मुलुकका लाखौँ युवाहरु विदेशमा रोजगारीका नाममा खाडी मुलुकमा १०० डिग्री भन्दा बढी तातो भूमिमा आफ्ना पसिना चुहाएर विदेशी भूमिलाई सिञ्चित गरिरहेका छन् ।’ युवालाई देश बनाउनका लागि अब प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न यहीँ छ ‘।उनले सम्बोधनका क्रममा भनिन् ।

उनी यतिमा मात्रै चिप्लिइनन् एमालेका महासचिव शंकर पोखरेललाई पनि ईश्वर पोखरेल भनेर सम्बोधन गरेकी थिइन्’ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन्’ ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए ‘।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै घोषणापत्र लिएर भाग लिएको स्मरण गर्दै उनले एकताका लागि गरेको ‘प्रयास इमानदार भए पनि त्यसलाई जोगाउन नसकिएको बताए ।’ पार्टी एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको पनि उनले बताए ।


Last Updated on: December 27th, 2021 at 5:45 am
५६० पटक हेरिएको

तपाईको प्रतिक्रिया