मंगलबार ०४ माघ २०७८

काठमाडौँ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसीसीबारे राम्रो अध्ययन गरेरमात्रै बोल्न आग्रह गरे ।

मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ? थाहा छैन । पहिले पढ्नुपर्‍यो, एमसीसी । कहाँ छ राष्ट्रघाती ? मैले त राष्ट्रघाती कही पढेको छैन देउवाले अघि भने यदि एमसीसी राष्ट्रघाती हो भने म पनि चाहदिनँ ।

उनले आफू पनि लामो समय नेपालको राष्ट्रियताको पक्षमा लडेर आएको भन्दै राष्ट्रघात हुने गरी कुनै सन्धि सम्झौता नगर्ने बताए । म पनि नेपालको प्रधानमन्त्री हुँ नेपालको राष्ट्रियताको खिलापमा जाउँला कहिल्यै ? म पनि राष्ट्रकालागि लडेको मान्छे हुँ त्यति राष्ट्रघाती

सन्धि किन गरुला ? त्यति राष्ट्रघात काम मैले किन गरौँला ? देउवाले प्रश्न गरे । उनले एमसीसी सहमतिबाटै पास हुने विश्वास व्यक्त गरे । हामीबीचमा पनि छलफल भइरहेको छ एमसीसी नेपालको हितमा छ सित्तैमा आएको पैसा हो, सित्तै आएको पैसा किन

https://fb.watch/a8ggJ90u-_/

चाहिदैन भन्ने ? विश्व बैंक, एसियाली विकास बैंकबाट हामी ऋण लिन्छौँ त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । तर एमसीसीले सित्तैमा दिन्छु भन्छ नेपालकै कानुन मान्छु भन्छ, तैपनि मान्दैनन् देउवाले भने राम्रोसँग बुझ्नुपर्‍यो । यसमा राम्रोसँग छलफल गर्नुहोला । मलाई लाग्छ हामी यसलाई सहमतिबाटै पास गराउनेछौँ ।


Last Updated on: December 27th, 2021 at 6:00 am
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया