बुधबार १२ माघ २०७८

राष्ट्रघाती एमसीसी पास गर्ने नेताहरुलाई एमालेका लोकप्रिय नेता भीम रावलले प्रश्नै प्रश्नको कडा प्रहार गरेका छन् । उनले बाबुराम भट्टराईदेखि देउबा र ओलीको समेत बिरोध जनाएका छन् । उनले एमसीसी देशहितमा नरहेको भन्दै यी नेताहरुलाई तारो बनाएका हुन् । उनले एमसीसीमा मुख्य दलालको रुपमा बाबुराम भट्टराईलाई उभ्याएका छन् । बाबुराम भट्टराईकै कारण नेपाल बेचिने खतरा रहेको भीम रावलको प्रतिक्रिया छ । रावलले आसेपासेलाई धनी बनाउन देउबाले एमसीसी पास गर्न लागिएको बताएका छन् । प्रचण्डले पनि एमसीसीमा डबल रोल खेलेको तर उनी पनि दलाल मध्येका नामी दलाल रहेको रावलको टिप्पणी छ ।

रावलले नेपालका ठूला नेताहरुलाई लक्षित गरेर कडा प्रश्नहरुको प्रहार गरेका छन् । रावलको प्रश्न छ के हामी भारतको उपग्रह हो ? यदि त्यसो हो भने उपग्रहको प्रधानमन्त्री किन हुने ग्रहकै प्रधानमन्त्री हुन गए भैगोनी भन्दै उनले ब्यङ्ग्यात्मक शैलीमा कडा प्रश्न तेस्र्याएका हुन् । माधब जी प्रचण्ड जी देउबा जी जो जो जी हुनुहुन्छ टुडिँखेलमा आउनुस र म एमसीसी कम्प्याक्टका धाराहरु राख्छु मेरो जवाफ दिन तयार हुनुहुन्छ भन्दै नेपालका शिर्ष नेताहरुलाई प्रश्न गरेका छन् । शेरबहादुर जी र प्रचण्डजीले अमेरिकालाई के पत्र लेखेर दिनुभएको छ त्यो कुरा तुरुन्तै जानकारी दिनुस भनेर उनले जोडदार माग गरेका छन् ।

उनले एमसीसीमा भौतिक रुपमा पहिलोपल्ट पास गरौं भन्दै पहिलो चोटी एमसीसी कम्प्याक्ट अगाडी बढाउने दलाल बाबुराम भट्टराई रहेको खुलासा रावलले गरेका हुन् । डा. भीम रावलले भने, बाबुराम भट्टराई भन्दा समाजवाद भन्ने तर बाटो भने दलालवादको रोज्ने देश बेच्ने यहि हो समाजवाद । बाबुराम प्रचण्ड, देउबा र ओली जस्ता नालायक मान्छेले देश चलाउने अधिकार छैन् । प्रचण्ड, देउबा, बाबुराम भट्टराईले चपाउने ओलीले खल्ति हाल्ने प्रबृत्ति स्विकार्य नरहेको उनले बताए ।

एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने उल्लेख गर्दै रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले एमसीसी संशोधन नगरी संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए ।

नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान पनि दोहोर्‍याए । उनले एमसीसी सम्झौंता संशोधन गरि अगाडि बढाउन आफू पनि सहमत रहेको बताए ।

नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाई छ ।

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्विकार्य हुनै नसक्ने बताए ।

रावलका यस्ता अभिब्यक्ति पछि रावलको चौतर्फी प्रशंसा हुन थालेको छ । उनको अहिले सार्वजनिक रुपमा जनताले हामी रावलको साथमा छौं भन्दै रावलको प्रशंसा गर्न थालेका छन् ।


Last Updated on: December 27th, 2021 at 9:16 am
४३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया