बुधबार १२ माघ २०७८

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले यस्ताे बताएका हुन् ।

images
उनले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिएका छन् । आफुपनि राष्ट्रबादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफुलाई आवश्यक नरहेको उनको भनाई छ ।

उनले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताए । उनले सत्ता गठबन्धन कुनै दलको विरोध गर्नका लागि नभएको जिकिर गर्दै देउवाले संसद बचाउदै यसलाई पूर्व अवधि चलाउनका गठबन्धन निर्माण भएको बताए । उनले अव संसदलाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई चूनावपछि पनि निरन्तरता दिन तयार रहेको बताए । देउवाले शान्ति प्रक्रिया र संविधानसभाको चूनावमा प्रचण्डको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

समावेशी समानुपातीक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको बताए ।


Last Updated on: December 27th, 2021 at 3:47 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया