बुधबार १२ माघ २०७८

काठमाण्डाै ।

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे । बङ्गलादेशकाे मिरमुरमा रहेकाे

शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा बङ्गलादेश २५–२४ ले विजयी भयाे । त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट

उज्वेकिस्तानले २५–२२ ले जित्याे । याेसँगै खेल २–२ काे अवस्थमा पुग्याे । त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेकाे हाे । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात

पार्न सफल भयाे । नेपाल गएकाे संस्करणकाे पनि विजेता हाे । यो पनि पढ्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउँन बारम्बार ताकेता गरे पछि यो बिषय फेरी पेचिालो भएको छ र यसले

सत्तागठबन्धनमानै हलचल ल्याइदिएको छ । सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्र कि गठबन्धन कि एमसीसी मध्ये एक रोज्नु पर्ने अवस्थामा पुगेको चर्चा चलिरहँदा माओवादी केन्द्रका प्रमुख

सचेतक देव गुरुङले बरु गठबन्धन छोड्न तयार रहेको तर एमसीसी पास गराउँन माओवादी केन्द्र कुनै हालतमा तयार नभएको प्रष्ट पारेका छन् । ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा प्रमुख

सचेतक गुरुङले एमसीसी र गठबन्धनको तुलनानै हुन नसक्ने ठोकुवा गरेका छन् । गठबन्धन अस्थायी चिज भएको भन्दै उनले विचार मिलुन्जेल गठबन्धन गर्ने हो ।


Last Updated on: December 28th, 2021 at 4:11 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया