मंगलबार ०४ माघ २०७८

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ । रावलको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला भएकामध्ये एकजना नेता भने कार्यकारी राजनीतिक जीवनको अन्तिम लडाइँमा छन् ।

सालमा अनेरास्ववियुको राजनीतिबाट उदाएका इलामे नेता सुवासचन्द्र नेम्वाङ चितवनमा वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने अडानमा छन् । उनलाई ओलीले राष्ट्रपतिको आश्वासन देखाए पनि मानेका छैनन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले पनि दाबी गरेका छन् ।

उनले आफूमाथि राखेर सहमति नहुने सन्देश ओलीलाई दिइसकेका छन् । संसदीय निर्वाचनमा अहिलेसम्म पराजय नभोगेका नेम्वाङ सहमति नभए निर्वाचनबाटै भए पनि पदाधिकारीमा अटाउनेमा ढुक्क छन् ।

१०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको नेकपा एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः नेतृत्वमा स्थापित गर्न चाहन्छ ।

ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् । नेम्वाङले अध्यक्ष ओलीबाहेक आफूभन्दा माथि कुनै नेता नभएको बताएका छन् ।

आफूले अहिलेसम्म चुनाव नहारेको बताउने नेम्वाङ सहमतिको नाममा ओझेलमा नपारिए वरिष्ठ उपाध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई सहजै पराजित गर्ने आंकलनसहित निर्वाचनमै जान चाहिरहेको उनी निकट नेताहरू बताउँछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ । रावलको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला भएकामध्ये एकजना नेता भने कार्यकारी राजनीतिक जीवनको अन्तिम लडाइँमा छन् ।

सालमा अनेरास्ववियुको राजनीतिबाट उदाएका इलामे नेता सुवासचन्द्र नेम्वाङ चितवनमा वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने अडानमा छन् । उनलाई ओलीले राष्ट्रपतिको आश्वासन देखाए पनि मानेका छैनन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले पनि दाबी गरेका छन् ।

आफूले अहिलेसम्म चुनाव नहारेको बताउने नेम्वाङ सहमतिको नाममा ओझेलमा नपारिए वरिष्ठ उपाध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई सहजै पराजित गर्ने आंकलनसहित निर्वाचनमै जान चाहिरहेको उनी निकट नेताहरू बताउँछन् ।

ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् । नेम्वाङले अध्यक्ष ओलीबाहेक आफूभन्दा माथि कुनै नेता नभएको बताएका छन् ।


Last Updated on: December 28th, 2021 at 4:30 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया