मंगलबार ०४ माघ २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा.प्रकाशचन्द्र लोहनीले पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा विदा दिनुपर्ने बताएका छन।

पृथ्वीनारायण शाहको जन्मदिवस अर्थात राष्ट्रिय एकता दिवस सरकारले नमनाउने गरेकोप्रति प्रश्न गर्दै उनले उक्त दिन विदा दिनुपर्ने धारणा राखेका हुन।

उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्वोधन गर्दै नेपालको जग पृथ्वीनारायणले खडा गरेको उल्लेख गरेका छन।

उनले लेखेका छन्,- ‘सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल राष्ट्रको जग पृथ्वीनारायण शाहले खडा गरेका हुन् । तर उनको जन्मदिन नेपाल सरकार मनाउँदैन। बिदा दिइँदैन।

आफूलाई प्रजातन्त्रवादी, समाजवादी र अग्रगामी भन्ने सबै नेताहरु यसबारे मौन छन्।’ राष्ट्रनिर्माताप्रति को यो अवहेलना को अब अन्त हुनुपर्छ भन्ने हाम्रो माग छ।

पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा विदा घोषणा गरियोस् । अब नेपाली जनता चुप लाग्ने छैनन् ।

यो भनाइमार्फत डा. लोहनीले सरकारलाई पृथ्वीजयन्ती मनाउन र उक्त दिन सार्वजनिक विदा दिन भनेका छन।


Last Updated on: December 29th, 2021 at 12:36 pm
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया