मंगलबार ०४ माघ २०७८

काठमाडौं ।

सभामुख अग्नि प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बिषयमा राजनीतिक दलबीच सहमति नजुटीसकेको अवस्थामा सभामुख सापकोटाले पास हुन नदिन मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष

पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पास नहुने बताउदै आएकाकोमा उनकै निर्देशनमा सभामुख बनेका सापकोटाले त्यसलाई सदनमा टेबल गर्न नदिन अनेक प्रयास गरिरहेको बताइएको छ। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त अनुदान पास गर्न अनेक प्रयास हुँदासमेत सभामुख सापकोटाले त्यसलाई रोकेका हुन्।

ओलीले सभामुख सापकोटाको त्यस कदमपछि धेरै असन्तुष्ट जनाउदै राजिनामा दिनुपर्ने विषय समेत उचालेका थिए। सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा

केही संशोधन हुनुपर्ने पक्षमा देखिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले आज शुक्रबार अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा समेत उक्त अनुदान पास गर्न राष्ट्रिय सहमतिको आवश्यक रेहको बताएका थिए। उनले यथास्थितिमा उक्त विषय सदनमा प्रस्तुत गर्न नसक्ने बताउदै केहि समय दिन समेत माग गरेका हुन्। सभामुख

सापकोटा आफू विवादमा पर्ने यस विषयलाई जुनसुकै हालतमा संसदमा प्रवेश नगराउने मोडमा देखिएपछि राजिनितीले फरक मोड लिएको हो। आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई

आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ? एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका

थिए । १६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो । एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो । २०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।


Last Updated on: December 30th, 2021 at 12:07 pm
२३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया