शुक्रबार ०७ माघ २०७८

काठमाडौं , १५ पुस / पूर्वयुवराज पारस शाहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मान समेत व्यक्त गरेका छन् ।

जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घट’नाहरुको सा’क्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक पोस्टमा आफू वयस्क भएको र धेरै कुरा सिकेको बताएका छन् ।

बिहीबार ५०औं जन्म दिन मनाएका पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रुपमा सांस्कृतिक विविधतावारे अनुभव गरेको उल्लेख गरेका छन् । ज’टिल परिस्थितिको समयमा पनि आफूले पाएको नि’स्वार्थ प्रे’म सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।

परिवार र शुभचिन्तकहरुको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको र त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समता’मूलक नेपाल बनाउन सहयोग गर्ने पारसले बताएका छन् । न्यु’ज का’रखाना बा’ट ।


Last Updated on: December 31st, 2021 at 6:11 am
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया