बुधबार १२ माघ २०७८

एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्छ : दलित आयोगका पूर्व सदस्य

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनाराले अमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दै एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एमसीसीले नेपाली जनतालाई समृद्ध बनाउने भन्दै उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर गलत प्र`चा`र गर्नु नेपाललाई विकासबाट पछाडि धकेल्ने षड्य`न्त्र भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा जंगलको बाघले खानुभन्दा पहिला मनको बाघले खाने प्रचलन रहेको छ ।’ अमेरिकी जनताले साम्राज्यवाद र सामन्तीको वि`रुद्ध लडे`र लोकतन्त्र प्राप्त गरेको स्मरण गराउदै उनले अमेरिकालाई सामन्ती भन्नु गल`त भएको टिप्पणी गरे ।

‘म अमेरिकामा बस्दा महसुस गरेको कुरा के हो भने दुई देशबीच धेरै ठुलो भिन्नता छ । अमेरिकी जनताले सामन्तवादको नाम समेत सुन्न चाहँदैनन्,’ उनले भने । अमेरिकाले नेपाली जनताको आर्थिक स्तर उन्नत बनाउनको लागि हाइड्रोमा सम्भावना देखेर सहयोग गर्न लागेको भन्दै उनले एमसीसीलाई बिथोल्ने काम कोहीबाट पनि हुन नहुने धा`रणा राखेका थिए ।

‘विद्युत् उत्पादन गरेर विदेशी राष्ट्रहरूलाई बेच्ने हो । भारतले अहिलेको अवस्थामा हामीले उत्पादन गरेको विद्युत् किन्न मान्दैन । तर, अमेरिकाले भनेपछि भारतले पनि किन्दिनँ भनेर भन्न सक्दैन । त्यसैले हामीले भारतलाई पनि बेच्न सक्छौँ,’ उनले भने ।

नेपालमा कतिपय राजनीतिक दलका नेताहरू सामाजिक अभियन्ताको नाममा केही फाइदा हुन्छ कि भनेर एमसीसीको विरो´धमा लागेको उनको आ`रो`प थियो । ‘अमेरिकी भिसा पाउन मरिहत्ते गर्ने अनि विकास हुँदा किन वि`रोध गर्ने ?,’ उनको प्रश्न थियो । रातोपाटी बाट


Last Updated on: January 2nd, 2022 at 1:12 pm
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया