बिहिबार १३ माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्र सामु राखेको ६ बुँदे शर्तहरु नमानेकाले राजतन्त्र फालिएको टिप्पणी गरेका छन् ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए

अहिले नाममात्रैको भए पनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मा’रिनुपर्ने परिस्थिति पनि नआउने दाबी गरे।

नेपालमा भारतले नाकाबन्दी लगाउँदा ६ बुँदे शर्त राखेको तर, तत्कालीन राजा वीरेन्द्रले बरु देशकै जनता (दल)सँग सम्झौता गर्ने अडान लिएको उनले बताए।

लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे।

२०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसंग बिलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे।

उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे ।

देशका सबै उद्योग, कलकारखाना कांग्रेस नेतृत्वको सरकारले बेच्यो : दुर्गा प्रसाईँ
नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन् ।

मेडिकल कलेज सञ्चालक समेत रहेका उपप्रमुख प्रसाईँले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे ।


Last Updated on: January 2nd, 2022 at 1:42 pm
३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया