बिहिबार १३ माघ २०७८

टहरी : भोजपुर, अरुण गाउँपालिका (साबिकको याकु गाविस) का राजन बराइली २०५७ सालदेखि माओवादी यु,द्धमा होमिए। सामाजिक विभेद सहेर लामो समय बस्न हुन्न भन्ने सोचेका उनले माओवादी यु,द्धलाई विकल्पको रुपमा देखे र १० वर्षे सशस्त्र यु,द्धको अग्रमोर्चामा खटिए।

यु,द्धको क्रममा बाहुन र द,लितबीच सामूहिक भोज चल्यो। त्यसको प्रत्यक्ष अनुभव गरिरहेका थिए बराइली। द,लित पनि राज्यको उपल्लो तहमा पुग्छन् भन्ने विश्वासमा थिए उनी। जातीय मुक्तिको लागि जनयु,द्ध अपरिहार्य भएको उनको बुझाइ थियो। त्यही बुझाइले उनलाई यु,द्धको अग्रमोर्चामा धकेल्यो।

२०६० साल माघमा भि,डन्तको लागि तयारी भइरहेको थियो। कसलाई अगाडि बढाउने भन्नेमा कमाण्डारले निर्णय गर्दै थिए। भोजपुरको रिपिटर टावर आ,क्रमण गर्ने योजना बनिरहेको थियो। त्यही बेला बराइलीले आफू अगाडि बढ्ने निर्णय सुनाए। क,माण्डरले उनैलाई अग्रमोर्चाको जिम्मा दिए।

टावर आ,क्रमण भयो। दुवैतर्फ गोली हा,नाहान सुरु भयो। बारुदको धुवाँले झनै आक्रामक हुँदै गए उनी। दुवै खुट्टामा गोली लाग्दा समेत ब,न्दुक छाडेनन्। फलस्वरुप आ,क्रमण सफल भयो। उनी सफल योद्धाको रुपमा परिचित भए। क,माण्डरले धन्यवाद दिए।

बन्दीपुर आ,क्रमणमा पनि उनको नाम अगाडि आयो। कुशल यो,द्धाको रुपमा परिचित भइसकेका उनी यु,द्धमा सामेल भए। यु,द्ध सोचेभन्दा लामो समय चल्यो। थकित हुँदै गएका राजनको ढाडमा गोली लाग्यो। घा,इते भए पनि मैदान छाडेनन्। भिडिरहे।

पछि उ,पचारको क्रममा उनको जिउमा निकै गहिरोसँग गोली भासिएको भेटियो। खासै समस्या नभएकाले गो,ली निकाल्न जरुरी ठानेनन् उनले। तत्काल निकाल्न खर्च र समय पनि नमिलेको उनले सुनाए। जिउमै गोली बोकेर काममा लागे। केही वर्षपछि गोली अड्किएको ठाउँ पोल्न र दुख्न थाल्यो।

उप,चारको लागि काठमाडौं नै जानुपर्ने भयो। मुलुकमा गणतन्त्र आइसकेको थियो। उ,पचार गराएर काठमाडौंमै रोजगारी गर्ने योजनामा थिए राजन। तर उनले सोचेजस्तो भएन।

उनका अनुसार २०६९ साउन १ गते धादिङको कृष्णभीरमा बस दु,र्घटना भयो। बसमा सवार ३६ जनाको मृत्यु भयो। ६ जना बेपत्ता भए। संयोगबस उनीसहित ५ सकुशल रहे। यु,द्धदेखि दु,र्घटनासम्ममा उनी मृ,त्युको मुखबाट बाँचे।

राजन वीर अ,स्पतालमा भर्ना भए। दु,र्घटनाको भन्दा युद्धको चोटले उनलाई पि,रोलिरहेको थियो। अ,परेसनको समय फिक्स भयो। नभन्दै अपरेसन सफल पनि भयो। ८ वर्षपछि जिउको गोली निकालेकोमा खुसी थिए राजन। तर उनको खुसी एक रातभन्दा बढी टिक्न सकेन।

गोली त निस्कियो, तर गोली निकालेको भोलिपल्टदेखि उनको आधा शरीर चल्न छाड्यो। पुनः उनी डाक्टरकहाँ गए। डाक्टरले स्पाइनल कर्ड इ,न्जुरी भएको बताए। उनी छाँगाबाट खसेजस्ता भए। यसको एकमात्र उ,पचार ह्विल चेयर नै थियो।

जनयु,द्धमा लागेको पार्टीको महाधिवेशन जारी छ। सरकारमा सहभागी दल पनि हो माओवादी केन्द्र। तर पार्टीले यु,द्धको मर्म छाडेपछि राजनले पनि पार्टी छाडिदिए। पार्टी धनीको हातमा परेको भन्दै उनले माओवादीले धो,खा दिएको बताएका छन्। माओवादी पार्टी सानो हुँदै गए पनि उनको व्यथा भने ठूलो हुँदै गएको छ।

यु,द्धमा होमिएका धेरै राजनहरु राहतको पर्खाइमै छन्। पार्टी सरकारमा भए पनि आफूहरु अल्पमतमा परेको उनको बुझाइ छ। ‘जसको लागि यु,द्धको अग्रमोर्चामा ल,डियो, तिनीहरु अहिले मन्त्री भएका छन्,’ राजन भन्छन्, ‘तर तिनीहरुकै लागि लडेको हो भन्दा पनि अहिले आत्मग्लानी हुन्छ।’

हिजो गणतन्त्रको लागि लडेको र अहिले ‘गणतन्त्र आएको छ’ भनेर चित्त बुझाउनु बाहेक केही नभएको उनी सुनाउँछन्। आम्दानीको लागी केही उद्यम पनि गर्न नसक्ने अवस्थामा पुगेको राजनले बताए। सिप सिक्नको लागि जिउ कन्ट्रोल नभएर स,मस्या हुने गरेको उनको भनाइ छ।

‘हिजो मृ,त्युको दस्तावेजमा हस्ताक्षर गरेर हिँडेका मान्छे हौं। यु,द्धमा जाँदा सबैभन्दा अगाडि परिएन भने चित्त दुखाउने मै हुँ। किनकी, सबैलाई पहिलो सहिद हुने रहर हुन्थ्यो,’ राजन भन्छन्, ‘अहिले पनि दुनियाँ परिवर्तन भएको छैन। अहिले पनि महिला हिंसा छ। ब,लात्कार बढेको छ। जा,तीय विभेद जारी छ। पूँजीवादी र ठूला नेताको मात्र जीवनस्तर परिवर्तन भएजस्तो लाग्छ।’

राजनले यु,द्धकै क्रममा सञ्चिता श्रेष्ठसँग अन्तरजातीय जनवादी विवाह गरेका थिए। उनीहरुको यु,द्धकै क्रममा छोरा जन्मिए। सञ्चिता श्रीमानकै हेरचाहमा व्यस्त छिन्। हेरचाहका लागि जतिखेरै श्रीमानकै साथमा हुन्छिन् उनी। माओवादीले कार्यकर्ता र जनताको पक्षमा काम गर्न नसकेको भन्दै उनले पनि पार्टी परित्याग गरेकी छिन्।


Last Updated on: January 3rd, 2022 at 9:10 am
४०० पटक हेरिएको

तपाईको प्रतिक्रिया