मंगलबार ०४ माघ २०७८

काठमाडौँ – शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमार झाँक्रीले सोफाको कुशन माथी चढेर प्रहरीको पिर्के सलामी खाएकी छन्।

images
सत्ता बाहिर हुँदा राष्ट्रपतिको सलामीसम्मलाई बिरोध गर्ने झाक्री आफु सत्तामा पुगेर मन्त्री बनेपछि भने आफै पिर्का हैन सोफाको कुशन माथी चढ्न थालेकी छन्।

कार्यक्रम शिलशिलामा गृहजिल्ला गुल्मी पुगेकी झाक्रीले आइतबार पुर्कोटदहमा रहेको एक प्रहरी कार्यालय पुगेर सानो प्रहरी टुकडीबाट सलामीको खाएकी हुन् ।

झाक्रीको सोफाको कुशन माथी सलामीवाला फोटो यतिबेला सामाजिक संजालमा भाइरल भएको मात्र छैन उनको चर्को आलोचना भएको छ।

मन्त्री नबन्दासम्म सलामीको बिषयमा अरुलाई नाङ्गेझार पार्न तल्लीन झाक्री मन्त्री भएपछि गाउँमा पुग्दा पनि प्रहरी जम्मा गरेर सोफाको कुशन माथी पनि सलामी लिएर बदनाम भएकी छन्।

पिर्के सलामीसंगै उनले बिगतमा अरुलाई बिरोध गर्दै राखेको ट्विटको एउटा पोष्ट समेत भाइरल भाइरल भएको छ। जहाँ उनले लेखेकी छन् टेबुल सलामी कुर्सी सलामी पछि पिर्के सलामी।

यसअघि एमाले फुटाउन माधव नेपाललाई दोहोर्यारै निर्वाचन आयोगसम्म पुर्याएकी उनले गृहजिल्लामा भने खासै समर्थन नपाएपछि एमाले छाड्न परेको भनेर धुरूधुरू रोएको भिडियो सार्वजनिक भएको थियो ।


Last Updated on: January 3rd, 2022 at 12:50 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया