बुधबार १२ माघ २०७८

भाइरलमन्त्री भन्दै हेपेर बोलाइने गरेका पर्यटनमन्त्री प्रेम आलेको चर्चा चुलिदै गएको छ । उनका पछिल्ला कदमले सफल मन्त्री छनक देखाएको हो । यसैबीच, मन्त्री आलेले सरकारले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालन गर्न र बनिरहेको रेस्टुरेन्ट रोक्न निर्देशन दिएपछि उनको वाहीवाही भइरहेको छ । यही बेला मन्त्री आलेले बिचौलियाहरु नारायणी छिर्ने स्वीच नै अफ गरिदिएपछि एमाले सचिव योगेश भट्टराई अतालिएका छन् ।

पूर्व पर्यटनमन्त्री समेत ्रहेका उनले आफू मन्त्री हुनुअघि नै नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस बनिसकेको बताएका छन् । नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन स्वीकृति दिएको विषयमा पूर्व पर्यटनमन्त्री भट्टराई समेतको नाम जोडिएपछि उनले यस्तो दावी गरेका हुन् ।

‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु’, उनले सामाजिक सञ्जालमार्फत नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट बनाउने सम्बन्धी कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै भनेका छन्, ‘स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’

उनले आफ्नो संलग्नता नरहेको कामप्रति आफ्नो जवाफदेहीता नरहने पनि उल्लेख गरेका छन् । यस विषयमा विभिन्न टिकाटिप्पणी भएपछि पर्यटनमन्त्री प्रेम आलेले मंगलबार नै नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका थिए ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो । समितिले बि. म्यानेजमेन्ट प्रालिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।


Last Updated on: January 5th, 2022 at 6:23 am
३१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया