बुधबार १२ माघ २०७८

काठमाडौं। सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ।

चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दाउ देखिन्छ। एमसीसी कै बिषयमा सत्ता गठबन्धनमा गम्भिर खटपट सुरु भएको छ। एमसीसी पास नगरि मन्त्रीपरिषद नै विस्तार नगर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको थियो। तर, हाल मन्त्री बिस्तार भैसकेको छ।

यथास्थितीमा एम सीसी पास गर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपाएस देउवाको अडानपछि झस्किएको छ। तर, धेरैको बिरोधको कारण एमसिसि पास हुन सकिरहेको छैन।

उच्च स्रोतको दावी अनुसार प्रधानमन्त्री देउवाले गठबन्ध नका नेताहरुलाई एमसीसी पास गराउँन सहयोग नगरे तुरुन्त संसद विघठन गरेर निर्वाचनमा जाने सम्मको चेतावनी दिनुभएको बताईएको छ।

देउवाको चेतावनी पछि प्रचण्ड र माधव नेपाल चेपुवामा परेको दावी गरिएको छ। अधिवेशनको सुरुमै एमसीसी पास गर्ने गरि तयारी गरिएको छ एमसीसी पास गर्नकै लागी देउवा सरकारले देशभर सुरक्षा हाईअलर्ट बनाएको छ।


Last Updated on: January 5th, 2022 at 9:18 am
४९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया