मंगलबार ०४ माघ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार ह’त्याका’ण्डबारे गम्भीर सवाल उठाएका छन्।

काठमाडौंमा जारी आठौं महाधिवेशनमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ प्रतिवेदन प्रस्तुत गर्दै २०५८ मा तत्कालीन राजा वीरेन्द्रको वंशनाश गर्ने भ’यानक ह’त्याका’ण्डमार्फत ज्ञानेन्द्र शाह राजा बनेको आरोप लगाएका हुन्।

‘ज’नयु’द्धका रुपमा अगाडि बढेको यो सामन्तवाद र साम्राज्यवादका विरुद्धको भीषण वर्ग संघर्षले प्रतिक्रियावादी कित्ता भित्रको अन्तरविरोधलाई पनि निकै तीव्र पायो। त्यो अन्तरविरोधको अभिव्यक्तिका रुपमा नै राजा वीरेन्द्रको वंश नाश गर्ने भयानक दरबार ह’त्याका’ण्ड मच्चाइयो’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

‘सो नि’र्मम, नृ’शंस र भ’यानक ह’त्याका’ण्डमार्फत राजा बन्न पुगेका ज्ञानेन्द्र शाहले निरङ्कुश शासक बन्ने कलाविहीन नाटक प्रदर्शन गर्दै संसदीय राजनैतिक दलहरुमाथि अघोषित प्रतिवन्ध लगाएर उनीहरुमाथि समेत दमन शुरु गरे।’

ज्ञानेन्द्रले दलहरूमाथि दमन गरेकोलै निरंकुशताविरुद्ध तत्कालीन सात दलसँग वार्ता र संवाद अघि बढेको प्रचण्डले बताएका छन्।

‘२०१७ साल दोहोऱ्याउने ज्ञानेन्द्र शाहको यो निरङ्कुश कार्यले जनयुद्धको नेतृत्व गरिरहेको नेकपा माओवादी र राजाको निरङ्कुशताविरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका ७ राजनैतिक दलहरुका बीचमा वार्ता, संवाद र सहकार्यको व्यापक र घनिभूत प्रक्रिया अगाडि बढायो।’

‘वार्ता, संवादको यो समग्र प्रक्रियामा सैद्धान्तिक र रणनैतिक प्रश्नमा समान धारणा राख्ने तात्कालिन नेकपा (माओवादी) र नेकपा एकता केन्द्रको भूमिका निकै सकारात्मक र संयोजनकारी रह्यो।’

प्रचण्डले भनेका छन्, ‘वैचारिक एकरुपतासहित सिलगुढी बैठकदेखि विभिन्न समयका विभिन्न संसदीय पार्टीहरुसँग बैठक आयोजना गर्न र बैठकलाई सकारात्मक निश्कर्षमा पुर्याउन कमरेड नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा एकताकेन्द्रले खेलेको भूमिका के कारण शान्ति सम्झौता पश्चात दुबै पार्टीका बीचमा एकता सम्भव भएको हो।’

शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म लैजाने वातावरण बनाउने वार्ताको प्रक्रियामा तात्कालीन नेकपा एमालेका महासचिव कमरेड माधव कुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रचण्डले नेपाल र कोइरालाको प्रशंसा गरेका छन्।


Last Updated on: January 5th, 2022 at 10:43 am
७८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया