मंगलबार ०४ माघ २०७८

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरुले हतियार र तालिम दिएपछि जनयुद्ध जसले पनि लड्नसक्ने बताएका छन् । माओवादी जनयुद्धप्रति सकारात्मक नभएका ओलीले यस्तो आरोप लगाएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले हतियार र तालिम अर्कैले दिएपछि सबैले जनयुद्ध लड्नसक्ने बताए ।

उनले पार्टी फुटाउने, आफ्नै पार्टीको कम्युनिष्ट सरकार ढाल्ने र पार्टीलाई कमजोर बनाउनेहरुले नै समाजवादको नेपाली बाटो भनेर कुदेको भन्दै एकीकृत समाजवादीका माधव नेपालको आलोचना गरे।

ओलीले सत्तारुढ पाँच दलीय गठनबन्धनप्रति पनि व्यंग गरे। ‘न्यूनतम साझा कार्यक्रम भनिए पनि कतै जाने ठाउँ छैन, ५ वटा दल भएपछि कसैले घाम माग्ला, कसैले छाया माग्ला, बादल पनि माग्ला र कुहिरो पनि माग्ला,’ उनले भने। उनले एउटा कुरा भन्ने तर अर्को काम गर्ने प्रवृत्ति रहेको भन्दै जनतालाई भ्रम पार्ने गरिएको बताए।

नेपालमा एमसिसि रोक्ने एक मात्र पार्टी माओवादी हो, MCC रोक्न सबै माओवादी बन्नुपर्छः करिष्मा मानन्धर
नेपालमा एमसिसि रोक्ने एक मात्र पार्टी माओवादी हो, MCC रोक्न सबै माओवादी बन्नुपर्छः करिष्मा मानन्धर MCC भनेको आफ्नै घरमा हात्ती भित्र्याएर आफु बाहिर निस्कनु जस्तै हो: करिश्मा (सहि वा गलत ) सक्दो सियर गरौँ

पछिल्लो समय देशकै गौरबका बिषयमा जोडिएको एमसीसी सम्झौताबारे नेपाली कलाकारहरुले समेत टिप्पणी गर्न थालेका छन्।यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीबारे आफ्नो धरान सार्वजनिक गरेकी छिन्।

नायिका करिष्माले एमसीसीको बारेमा माओवादी जस्तै चट्टानी अडान लिएकी हुन । अभिनेत्री करिश्माले सरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन सक्नु पर्ने भन्दै देशमा कलह उत्पन्न हुने कुनै सम्झौता गर्न नहुने बताएकी छिन्।‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व

भित्र्याउनु ठिक होला ? उनले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेकी छिन् । यो पनि पढ्नुहोस् अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज (आइतबार) फर्किँदै छिन्। नेपालमा एमसिसी

अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं आएकी थिइन्। चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट

गरिन्। भेटमा एमसिसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन। काठमाडौं ओर्लेपछि उनले पहिलो भेट ओलीसँग गरेकी थिइन्। ओलीले सत्तारुढ दलमा सहमति जुटेपछि मात्र आफूहरुले । धारणा सार्वजनिक

गर्ने भन्दै एमसिसीको बल सत्तारुढ दलको कोर्टमा फर्काइदिए। यद्यपि आफू प्रधानमन्त्री हुँदा एमसिसी सदनमा टेबल गर्न खोजेको उनले स्मरण गराए। सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

एमसिसीबारे आफ्नो पार्टीमा दुई धार रहेको बताउँदै आएका छन्। सुमारले प्रचण्डलाई पनि शुक्रबार भेटेकी थिइन्। प्रचण्डले एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलबीचसहमति जुट्न नसकेकाे जवाफ फर्काएका थिए।


Last Updated on: January 5th, 2022 at 12:37 pm
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया