मंगलबार ०४ माघ २०७८

नेपाल देशको रक्षाका लागी नेपाली सेना कटिबद्ध भएको भन्दै शर्माले कहिँ कतै बाट पनि देश माथी खतरा भएमा सेनाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।

आवश्यक भएको समयमा सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे । महत्वपूर्ण गढीहरुको संरक्षण नगरे इतिहासको धरोहरहरु लोप हुदै जाने उनको भनाई थियो ।
नेपाली सेनाले मकवानपुरको चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे !
यो गढीको विकासको महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो शर्माले भने ।

प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन विदेशीहरुलाई लगाउन बनाइएको गढ किल्लाहरुको धेरै ऐतिहासिक महत्व छ ।मल्ल राजा शाहवंश राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो । वैद्यरअवैद्य रुपमा नेपाल छिर्नेहरुको लागी भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको भन्दा महत्वपूर्ण मानिन्थ्यो ।


Last Updated on: January 6th, 2022 at 9:03 am
१५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया