बिहिबार १३ माघ २०७८

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताउनुभएको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताउनुभएको हो ।

एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि याे पार्टी अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो । नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गर्नुभयो ।

उहाँले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा (एकीकृत समाजवादी) को रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेकपा एमाले पनि सग्लो रहेन ।

अहिले विभिन्न ठाउँहरूमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन् । थामिनेवाला छैन । यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरे पनि त्यो अगाडि बढ्न सक्दैन ।’

नेता खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गर्नुभयो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

माओवादी र हाम्रो मन ठ्याक्कै मिल्यो, अब एकता घोषणा हुन्छ अरू मिल्दै जान्छन्ः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू र माओवादी केन्द्रको मन ‘ठ्याक्कै’ मिलेको बताएका छन् । माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै नेपालले आफूले माओवादीले सम्मेलन नभएर महाधिवेशन गरोस् भन्ने चाहेको उल्लेख गर्दै उक्त विषयमा मन मिलेको बताएका हुन् ।

‘प्रत्येक ५/५ वर्षमा गर्नुपर्ने महाधिवेशन विभिन्न कारणले गर्दा हुन नसक्दा पनि किन त्यहाँ सोचिरहनुभएको छैन भन्ने ठानीरहेको बेलामा ठ्याक्कै तपाईं र हाम्रो मन मिलिहाल्यो,’ नेपालले भने । मन र विचार मिलेपछि अरू कुरा मिल्दै जाने नेपालले बताए ।

नेपालमा प्रचण्ड जस्तो नेता अरु छैनन, उहाँ निकै सोझो र ईमानदार हुनुहुँदो रहेछ : माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नारा वामपन्थ नभइ रामपन्थ भएको बताएका छन् । उनले सोमबार भएको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

“केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो,” उनले भने, “उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् ।

गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ । परपीडक नम्बर एक केपी ओली भनिदिए हुन्छ । अरुलाई दुःखमात्रै दिने काम उनीबाट हुन्छ ।”केपी ओलीलाई चिन्न नसक्ने प्रचण्ड सोझो हुनुहुँदो रहेछ

माधवकुमार नेपालले केपी ओलीलाई चिन्नै नसक्ने पुष्पकमल दाहाल सोझो भएको बताएका छन् ।समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“प्रचण्ड सोझो हुनुुहुँदो रहेछ,” उनले भने, “केपी ओलीलाई चिन्नै सक्नुभएन । म त हत्तु भएर बसेको मान्छे ।अब मेरो पालो भन्नुपर्छ नि, आलोपालो भनेपछि त मेरो पालो हो भन्नुपर्छ नि । उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।”

उनले केपी ओलीले त्यो व्यवहार २०७२ सालमा पनि देखाएको बताए । केपी ओली प्रधानमन्त्री पद छाड्नुपरेमा कुर्सी भाँच्ने धुन्धुकारी व्यक्ति भएको बताए । “यस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो,” उनले भने ।


Last Updated on: January 6th, 2022 at 10:56 am
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया