मंगलबार ०४ माघ २०७८

काठमाण्डाै ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । आज बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्ट

लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताउनुभएको हो । उहाँले याे समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताउनुभयो । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय

गरेर भए पनि हटाएरै छाड्ने बताउनुभयो । उहाँले आज नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो । मन्त्री आलेले भन्नुभयो,सङ्ग्रहालयमा जुन गतिविधि भएको छ आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने भोलि अर्को पावरमा भएको

बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो

विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सबालमा हामी छलफलमा छौँ । उहाँले नारायणहिटी सङ्ग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको बताउनुभयो ।


Last Updated on: January 7th, 2022 at 9:32 am
५१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया