बुधबार १२ माघ २०७८

काठमाडौँ ।

देशभरिका ऐतिहासिक राष्ट्रिय सम्पत्ति हडप्न खोजेको आरोप लागेका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्वाईं भन्ने गरेको खुलासा गरेका छन् ।

एक निजी टेलिभिजनले गरेको स्टिङ अपरेशनका क्रममा उनले आफ्नो ससुराली झापाको भद्रपुर भएकाले केपी ओलीले आफूलाई ज्वाईं भन्ने गरेको बताएका हुन् ।

‘मेरो ससुराली भद्रपुर, ओलीजीले मलाई ज्वाईं भन्नुहुन्छ,’ बतासले भने ।

उनले सेटिङबिना कुनै टेन्डर नपर्नेसमेत बताए । ‘तपाईंहरूलाई थाहै त छ नि, सेटिङबिना विश्व बैंकले पनि काम गर्दैन । समझदारलाई इशारा काफी छ । कुन चाहिँ टेन्डर सेटिङमा छैन र ?’

उनले आफू वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पनि निकट रहेको र प्रधानमन्त्रीपत्नी आरजु राणाको सहयोग लिने बताए ।


Last Updated on: January 8th, 2022 at 6:13 am
४४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया