शुक्रबार ०७ माघ २०७८

काठमाडाैँ

नारायणहिटी दरबार सङ्ग्रहालय भित्र रेष्टुरेन्ट बनाउन पूर्व पर्यटन मन्त्रीले स्वीकृति दिएको र बहालवाला मन्त्रीले रोकेको विषय यतिबेला चर्चाको शिखरमा छ । बतास समूहलाई सङ्ग्रहालयमा होटल खोल्न अनुमति दिएको भन्दै पूर्व मन्त्री योगेश भट्टराईको चर्को आलोचना र विरोध भइरहेको छ भने त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पर्यटन मन्त्री प्रेम आलेको प्रशंसा चुलिएको छ ।

यसबारेमा मंगलबार सामाजिक सञ्जालमार्फत योगेश भट्टराईले आफूले दरबार सङ्ग्रहालयभित्र होटल बनाउने विषयमा आफ्नो संलग्नता नरहेको प्रस्टोक्ति दिएका छन् भने दरबार सङ्ग्रहालयका प्रमुख भेषनारायण दाहालले भने पूर्व मन्त्रीको मौखिक निर्देशन अनुसार नै सङ्ग्रहालयभित्र रेष्टुरेन्ट बनाउने प्रक्रिया अघि बढेको दाबी गरेका छन् । के मन्त्रीको जिम्मेवारीमा रहँदा भट्टराई

दरबार सङ्ग्रहालयभित्र होटल बनाउन दिने पक्षमा थिए ? २०७६ माघ २२ गते प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बाल्दै तत्कालीन मन्त्री भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कुनै होटल बनाउने योजना नरहेको सुनाएका थिए । उनले नारायणहिटी दरबार सङ्ग्रहालयको मापदण्डमा रहने बताएका थिए । सोही बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री माधवकुमार

नेपालले नारायणहिटीभित्र होटल बनाउने कुरा आइरहेको भन्दै त्यसको चर्को विरोध गरेका थिए । उनले नेपालको सिङ्गो इतिहासलाई चिनाउने म्युजियम बनाउनका लागि माग गरेका थिए । नारायणहिटीमा होटल बनाउने कुरा सुनिरहेको भन्दै त्यसप्रति विरोध जनाएका थिए । उनले भनेका थिए, ‘म सुन्दैछु कि नारायणहिटीमा सपिङ कम्प्लेक्स बनाउने रे र होटल बनाउने रे । रोयल

स्टान्डर्ड होटल बनाउने रे । बर्बाद पार्न खोजे । अर्को जग्गा दिए हुँदैन । त्यो भन्दा दुर्घटना केही हुँदैन ।’ नारायणहिटी सङ्ग्रहालय प्रमुख दाहालले भने योगेश भट्टराईकै चाहानामा उनको मौखिक आदेशमा काम थालेको दाबी गरेका छन् । नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने काम तत्काल रोक्न मन्त्री आलेको ठाडो निर्देशन सरकारले नारायणहिटी दरबार

संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

“सञ्चारमाध्यमहरुमा

आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,” पत्रमा भनिएको छ । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न

भनिएको जानकारी दिए । मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्री प्रेम आलेले नै अपारदर्शी तवरले भएको काम रोक्न समितिलाई निर्देशन दिएका थिए । सस्तो भाडादरमा जग्गा हात पारेपछि दरबार संग्रहालय परिसर (गेटबाट पश्चिमपट्टी) भित्रै रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम भइरहेको छ । भवन सिंगार्नेदेखि नयाँ भवनमा सटर हाल्ने

काम चलिरहेको छ । कानुन विपरीत दरबार परिसरमा विभिन्न संरचनाहरु थप गरेर बगैँचा निर्माणको काम पनि भइरहेकोबारे पर्यटन मन्त्रालयले चासो दिएपछि समितिले काम रोकेको हो । रेस्टुरेन्टको भवन क्षेत्रको मात्रै टेन्डर गरेको समितिले अब थप क्षेत्र पनि प्रयोग गर्न अनुमति दिने गरी संरचना बनाउन दिएको छ । संरचनाहरूको नक्सा पास नै भएको छैन ।


Last Updated on: January 8th, 2022 at 10:33 am
८९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया