मंगलबार ०४ माघ २०७८

अर्थमन्त्री ।

जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिने दावी गरेका छन् । अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन् । आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक

सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए । अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए । ‘अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन । सधैं चुनौतिपूर्ण नै हुन्छ । अहिलेको अर्थतन्त्रको

अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो शर्माले भने ‘हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ । यो आलोचना आफ्ना लागि गरेर देखाउने चुनौतिका रुपमा लिएको उनले बताएका छन् । को जान्ने, को नजान्ने भनिरहेका महासयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ शर्माले

भने मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ । प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ । अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग संचालनमा आउनु र

मुद्रास्फिती पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए । मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए । अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन । राजस्व पर्याप्त उठेको छ शर्माले भने । तर

अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले बताए । अहिलेको अर्थतन्तको मुख्य समस्या र चुनौती पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकोमा यो समस्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए । ठूलो संकट छैन । समाधानको अवस्थाभित्रै छन् । यसै पनि अर्थ मन्त्रालय आफैं खर्च गर्ने निकाय होइन ।

खर्चको व्यवस्थापनमा सघाउने हो । अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम प्रयोग हामीले गरिरहेका छौं’ शर्माले भने । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बस्तु आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढेको, विप्रेषणमा ६‍.७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९

अर्बमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन्। भारत र पाकिस्तान लगायत यी देशलाई पछि पार्दै नेपाली विद्यार्थी टिमले जिते ३ हजार अमेरिकी डलर काठमाडौ – साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । हामी मिसन पत्रकारीता भन्छौं तर उक्त मिसन दलिय विचारभन्दा माथि उठेर देश र जनताको मिसनमा हुनुपर्छू उनले भने ।


Last Updated on: January 10th, 2022 at 8:59 am
८५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया