मंगलबार ०४ माघ २०७८

काठमाडौ। नेताहरु बिग्रिदै गएकोतर्फ व्यंग गर्दै सामाजिक संजालमा निकै चर्चित समाजसेबी इन्जिनियर तथा पुर्व सचिब भिम उपाध्याय लेख्छन ‘नेताहरु लाई घुस खाएको चिन्ने र तेही रोबोर्टले टाउकोमा दन्काउने बनाउनु पर्यो महाबिर पुन अब आविष्कार केन्द्रले केहि समय यता ध्यान दिनु पर्ने देखियो।’

जसलाई निर्माण सम्पन्न भएपछी सिंहदरबार गेटमा राख्नुपर्छ र जनताले आम रुपमा देखने गरि पहिचान गर्ने र कु’टाई खाएको देख्ने हुनु पर्छ।

यस्तो छ उनको स्टाटस जस्ताको तस्तै:

Mahabir Pun वाला आविष्कार केन्द्रले रू १ करोड भन्दा बढी घूस खाने नेता र कर्मचारीलाई फ्याट्टै चिन्न सक्ने र चिन्नासाथ त्यसको टाउकोमा प्रति करोड १ दनक ड्याम्म हान्ने रोबोट बनाउनु पर्यो। त्यो रोबोटलाई सिंहदरबार गेटमा राख्नुपर्छ।

साथमा यो पनि: अनतः तेश्रो लहर सुरु भएको भन्दै सरकारले जारि गर्यो सर्वसाधारणको लागि यस्तो सूचना, जे नहुनु थियो त्यहि भैदियो

काठमाडौं: संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ।

आइबार बसेको सिसिएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ। सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै बैठकले विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ। त्यस्तै माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ। संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ। कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन्।

कोभिड-१९ व्यवस्थापन समिति(सिसिएमसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ। कोभिड १९ व्यवस्थापन समितिको आइतबारको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन्।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सिसिएमसीको निर्णय छ।

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ। यससँगै खोप लगाएको कार्ड भएकाले मात्र यस्तो स्थानमा प्रवेश पाउने छन्।


Last Updated on: January 10th, 2022 at 11:41 am
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया