मंगलबार ०४ माघ २०७८

पृथ्वीनारायण शाह नजन्मेको भए भारतीय हुन्थ्यौँ: डा. जगमान गुरुङ (हेर्नुहोस भिडियो) भिडियो समचारको अन्त्यमा छ हेर्नुहोस।

यो पनि पढ्नुहोस। सुनसरीकाे रामधुनीमा गाई मरेपछि ‘आमा’सरह काज–किरिया

इटहरी। दुई दशकदेखि घरमा पालेर दूध खाँदै गरेको गाई मरेपछि सुनसरीको रामधुनी नगरपालिका–४ इक्राहीका दुर्गा विश्वकर्मा ‘राधेराधे’ले आमासरह मान्दै काज–किरिया गर्न थालेका छन्।

धार्मिक तथा आध्यात्मिक गतिविधिमा समेत सक्रिय विकले हिन्दु सनातन परम्पराअनुसार कोरामा बसेर काज–किरिया गर्न थालेका हुन्। उनी गाईलाई माई अर्थात् आमासरहको मर्यादा राखेर कपाल मुण्डन गरी कोरामा बसेका छन्।

२१ वर्षअघि बाछी किनेर हुर्काउँदै दूध खाएको भारा तिर्न विक किरियापुत्री बनेर जुठो बार्दै शोकमा बसेका हुन्। १० दिनसम्म किरियापुत्री बसेर ढिकुरो फुटाउने, दान–दक्षिणा दिने र मलामी–भोज खुवाउने किरियापुत्री विकको योजना छ।

आज (शनिबार) अपराह्न्न गाईको मृत्यु भएपछि छिमेकी–आफन्तहरू भेला भई गाईको मृत शरीरलाई रामनामी कात्रोले बेरेर जङ्गल क्षेत्रमा लगेर चिहानमा पुरेका थिए। गाईको सदगत् गरेपछि विक मलामी सहित किरियापुत्री सरह घर फर्केको स्थानीय प्रमिला गहतराजले बताइन्।


Last Updated on: January 11th, 2022 at 6:37 am
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया