मंगलबार ०४ माघ २०७८

काठमाडौँ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरेकी छन्।

आइतबार न्यूज एजेन्सी नेपालसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै अध्यक्ष प्रचण्डको पुत्री समेत रहेकी उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन्। उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताइन्।

मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरिन्।

मेयर दाहालले भनिन्, ‘राजनीतिको केन्द्रबिन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीतिको एउटा उथलपुथल क्रान्ति गरेर यो देशलाई परिवर्तनको बिन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कम्रेड प्रचण्ड। आखिर देश त उहाँकै वरपर घुमेको छ। २०६४ देखि यहाँसम्म आइपुग्दा। शान्तिप्रक्रियादेखि यहाँसम्म आइपुग्दा। हरेक कालखण्डमा देशमा ठूला समस्या शंकट आउँदा पनि आखिर देशको समस्याको निकास दिने व्यक्ति र पार्टी भनेको अध्यक्ष कम्रेड प्रचण्ड, माओवादी पार्टी।’

यो पनि हेर्नुहिस ,छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब भने छिट्टै प्रदेश सरकार विस्तार गरिने उनले बताएका हुन् ।

नेपाल प्रेस युनियन सल्यानले आज सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको बताए ।

उनले सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डाका कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने हल्ला गलत भएको भन्दै राजनीतिक दलहरूका चुनावी कार्यक्रमले नै ढिलाइ भएको उल्लेख गरे ।

आफ्नो नेतृत्वको सरकार क्रम भङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने उनले बताए ।

उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउन छ ‘ब’ लागू गर्नुपर्ने बताए ।कर्णाली प्रदेशले सुनको थालीमा भिख मागिरहेको बताउँदै उनले ६ ‘ब’ लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने दाबी गरे ।

६ ‘ब’ अन्तर्गत बाटो, बिजुली, विचार (सूचना प्रविधि), वन, बजार र व्यवस्थापनमा ध्यान र जोड दिन सके प्रदेशलाई धनी र समुन्नत बनाउन सकिने उनको भनाइ छ ।मुख्यमन्त्री शाहीले जनताले महसुस गर्ने गरी विकास निर्माणका कामहरु सञ्चालन गरिने बताए ।

महराले रोल्पा पुगेर सुनाए यस्तो कविता
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा पुगेर ४० वर्षअघि आफूले लेखेको कविता सम्झिएका छन् ।रोल्पाको सुलिचौरमा भएको साहित्य महोत्सवको प्रमुख अतिथि बनेर गएका महराले कविता सम्झिएनन् मात्रै वाचनसमेत गरे ।

महराले कविताको पृष्ठभूमिबारे स्मरण गर्दै सुनाए, ‘२०३८ सालमा नुन बोक्ने भरिएको जीवनलाई अभिव्यक्त गर्नका लागि ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियौँ ।त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए । त्यो पनि विद्रोहको एउटा माध्यम थियो ।

उहाँको विरुद्धमा बोलेर त आज राजनीतिमा सहभागी भएर देश परिवर्तनका लागि योगदान दिन पाएका छौँ ।’ ‘हतारो’ पत्रिका प्रकाशनमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र विष्टलगायतको टिमको सहभागिता रहेको महराले स्मरण गरे ।


Last Updated on: January 11th, 2022 at 9:02 am
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया