मंगलबार ०४ माघ २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा पछिल्लो केही समय राजा विरोधी बनेर अभिव्यक्ती दिइरहे । तर थापा राजाको पक्षमा अभिव्यक्ती दिन थालेका छन् । पार्टीको चुनावमा पराजित भएयता पहिलोपटक पूर्वराजा ज्ञानेन्द्रबारे सकारात्मक टिप्पणी गरेका छन् ।

उनी अध्यक्षमा पराजित भएकोमा पुर्बराजालाई दोष दिँदै आएका थिए । पूर्वराजाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा उनले प्रशंसा गरेका छन् ।

पार्टीको कार्यक्रम बहिष्कार गरेर थापा आज छुट्टै सिंहदरबार गेटअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका थिए । थापाभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले र उनीभन्दा पछि पूर्वराजाले माल्यार्पण गरेका थिए ।

थापाले पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपतिले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्नु रनेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय रहेको टिप्पणी गरेका छन् । साथै राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो । प्रधानमन्त्रीको अनुपस्थिति ठीक लागेन ।’


Last Updated on: January 12th, 2022 at 11:50 am
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया