बुधबार १२ माघ २०७८

काठमाडौं

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन् । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले सामाकिज सञ्जालमार्फत सो कुरा बताएका हुन् ।

पृथ्वीनारायण इतिहासको आवस्यकता र आकस्मिकताका उपज भएाको डा भट्टराईको भनाइ छ । उनले भनेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं !

उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्, कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !

पृथ्वीजयन्तिको दिन यसरी पृथ्वीनारायण शाहको फोटोलाई थुुुकेर अपमान गरे

आज राजधानीमा पृथ्वीनारायण शाहको तीन सयौं जन्मजयन्ती मनाउने तयारी छ । जसअन्तर्गत नेपाली काँग्रेस बीपीले भद्रकालीमा सवा जम्मा भएर सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्दैछ ।त्यस्तै नेपालका लागि नेपाली समूहले र पूर्वराज ज्ञानेन्द्र शाहले पनि त्यहि समयमा शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रवादी नागरिक समाजले साढे ११ बजे असनमा जम्मा भएर बाजागाजासहित सिंहदरबारअगाडि सालिकमा जाने भनेको छ । उता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि साढे ११ बजे भृकुटीमण्डपमा जम्मा भएर सिंहदरबार अगाडि सालिकसम्म जुलुसका साथ माल्यार्पण गर्न जाने बताएको छ ।

राष्ट्रिय शक्ति नेपालले दरबारमार्ग तीनधारा पाठशाला अगाडि जम्मा भएर पृथ्वीजयन्तीको अवसरमा र्याली निकाल्ने कार्यक्रम सार्वजनिक गरेको छ ।पृथ्वीनारायण शाहको स्मृतिमा पार्क तथा सालिक शिलान्यास हुँदैछ । कीर्तिपुर नगरपालिका चम्पादेवीस्थित रानीवन नाकेडाँडामा बिहान कार्यक्रम राखिएको छ ।

शाही युवा शक्ति रत्नपार्कमा जम्मा भएर र्यालीसहित सिंहदरबार अगाडि सालिकमा माल्यार्पण गर्न जाँदैछ । राष्ट्रिय सरोकार मञ्च नेपाल केन्द्रीय समितिले पनि दरबारमार्गको महेन्द्र शालिकबाट र्यालीसहित सिंहदरबार पुगेर शालिकमा माल्यार्पण गर्ने छ ।

उता विश्व हिन्दु महासंघले त्यति नै बेला भद्रकालीमा जम्मा भएर र्यालीसहित सिंहदरबारअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।


Last Updated on: January 12th, 2022 at 6:02 pm
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया