बुधबार १२ माघ २०७८

काठमाडौँ – पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पछिल्लो समय विकृति विसङ्गति .विरुद्ध कडा कदम चालिहेका छन् । नारायणहिटी दरबारमा भएको अनियमितता सार्वजानिक भएपछी एक्सनमा उत्रिएर सर्वत्र चर्चा कमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फेरी अर्को अनियमितताबारे छानबिन गर्न समिति गठन गरेका छन्।

नाराणहिटीकाण्डबाट आलेसँग रुष्ट बनेका र बन त’स्कर भन्दै ठृेगान लगाइदिने चेतावनी दिएपछि, आलेले तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको अर्को काण्डमा हात हालेका छन् । आलेले कार्यकालमा कोरोना सं’क्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा अनियमितता भएको आशंका सहित आलेले समिति गठन गरेका हुन् ।

मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको छ ।

ुकोरोनाको पहिलो र दोस्रो सं’क्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २ सय ३९,चार्टर्ड फ्लाइटु गरेको थियो, मन्त्रालयका ती अधिकारीले भने, त्यसको छानबिन गर्नका लागि समिति गठन भएको हो ।ु

तत्कालिन अवस्थामा मै उद्धार उडानमा अनियमितता चर्चा चलेको थियो। उद्धार उडानका लागी मन्त्रालयले तोकेको भाडा दर भन्दा ओमान दुतावासले धेरै कम मुल्यमा बिदेशी एयरलाइन्स सलाम एयरले चार्टर उडान गरेपछि यो बिषयमा थप चर्चामा आएको थियो।

उद्धारको नाममै श्रमीक नेपाली लुटन खोजेको भन्दै सरोकारवालाले तत्काल छानविनको माग गरेपनि कसैले यसको सुनुवाई गरेका थिएनन्। तर अहिले आएर मन्त्री आलेले यसमा छानविन समिति गठन गरेका छन्।


Last Updated on: January 14th, 2022 at 11:15 am
६६३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया