बुधबार १२ माघ २०७८

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साथ छा-डेर एमालेतिर गएका नेताहरूलाई गाली गर्न नहुने बताएका छन्। माओवादी केन्द्र छाडेर केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा गएका रामबहादुर थापा ुबादलुसहितका नेतालाई ग-द्दार घोषणा गर्नुपर्ने मागबारेको जवाफमा प्रचण्डले यसो भनेका हुन्।

‘तपाईंहरु यस्ता माग नराख्नुस्, उहाँहरु फेरि आउनुहुन्छु, उनले भने, ‘हामीलाई छाडेर गएका साथीहरुलाई किट्नुपर्छ भन्ने छ,साथीहरु त्यस्तो नगरौँ।’

उनले एमालेमा गएका नेताहरु अझै पनि माओवादीमा फर्किन सक्ने अनुमान गरे। ‘उहाँहरुको के भर, फेरि आउनु भयो भने निरु फेरि अर्को दस्तावेज लेख्नु ?, उनले सोधे, ‘आउनु भयो भने अहिले गद्दार भनेर लेखेपछि स्वागत भनेर लेख्नु ? अहिले गद्दार भनिदिँदा उहाँहरु आएपछि त राख्नु पर्ला पार्टीमा।’

यसअघि जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी छाडेका नेता रामबहादुर थापा ‘बादल’लाई गद्दार घोषणा गर्न माग भएको थियो। प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा प्रदेश १ का टोली नेता हर्कबहादुर नेम्वाङले यस्तो माग गरेका थिए।

उनले माओवादीले आफैंलाई बदल्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए। प्रदेश १ समूहले कार्यकर्ताको मूल्याङ्कन नेताको मनोमानीमा हुने गरेको बताउँदै त्यसलाई विधिसम्मत बनाउन पनि माग गरेका थिए। ‘माओवादी छाडेर एमालेमा गएका नेताहरु रामबहादुर थापा ुबादलुहरुको गद्दारीलाई संस्थागत गर्नुपर्छ’, यो समूहको सुझावमा भनिएको थियो।

जातीय मुक्तिबिना देशको समृद्धि सम्भव छैनः डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय मुक्तिबिना देशको समृद्धि सम्भव नहुने बताएका छन् । साथै आफू अहिले पनि जातीय मुक्तिको आन्दोलनका पक्षमा रहेको उनले बताए ।

पाँचथरको सदरमुकाम फिदिममा आइतबार आयोजित कार्यक्रममा डा भट्टराईले यस्तो बताएका हुन् । अब जातीय मुक्तिसँगै देशको समृद्धि कांग्रेस, एमाले र माओवादी पार्टीको नेतृत्वमा सम्भव नहुने उनको दाबी छ ।

आफूले माओवादी जनयुद्व सुरु गर्नुअघि नै जातीय मुक्तिको आन्दोलनलाई एजेण्डाको रुपमा अगाडि बढाए पनि परम्परागत सोचका सहयात्री र अन्य दलका कारण त्यो सम्भव नभएको उनको भनाइ थियो ।

कांग्रेस ००७ सालको र एमाले झापा आन्दोलनताकाको साथै माओवादी जनयुद्वको क्रान्तिकारी पार्टी भए पनि हालको अवस्थामा जनता समाजवादी पार्टी बाहेक अरु कुनै पनि दल क्रान्तिकारी हुन नसक्ने भट्टराईको दाबी थियो।

आफ्नो दलमा माओवादी, एमाले, कांग्रेस र मधेसवादी चिन्तनबाट खारिएर आएका नेताहरूको संयोजन रहेकाले अब एकपटक वैकल्पिक शक्तिका रुपमा स्थापित हुने भट्टराईको भनाइ थियो ।

कार्यक्रममा नेता भट्टराईले ऐतिहासिक, सांस्कृतिक र पहिचानका आधारमा एक नम्बर प्रदेशको नामाकरण लिम्बुवान हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले बताएका थिए ।


Last Updated on: January 14th, 2022 at 1:41 pm
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया