
काठमाडौं।
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले नारायणहिटी राजदरबार सङ्ग्रहालयको जग्गा भाडा प्र’करणमा पूर्वमन्त्री योगेश भट्टराईको कुनै दो’ष नरहेको दा’बी गरेका छन्।
नारायणहिटी राजदरबार सङ्ग्रहालयको जग्गा भाडामा दिने निर्णय एकदम सही रहेको रिजालले बताए। साथै सामान्य विषयमा पनि भट्टराईको चरित्र ह’त्याको प्रयास भइरहेको भन्दै उनले आ’पत्ति जनाए।
उनले भने, ‘नारायणहिटी राजदरबार सङ्ग्रहालयको जग्गा भाडामा दिनु गलत छैन। हामी बुझेर बोलिरहेका छौं कि नबुझीकन बोलिरहेका छौं ? त्यो पर्यटकीय ठाउँ हो भने आधारभूत सुविधा त दिनुपर्छ नि।
क्याफ्टेरिया चलाउन दिनु अ’पराध हो र ? यति सामान्य विषयमा पनि चरित्रहत्या गर्नु अन्याय हुन्छ। यो निर्णय हिजो पनि ठिक थियो, आज पनि ठिक छ, भोलि पनि ठिक हुनेछ।’
रिजालले ६ महिनाको बीचमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने कुनै ठाउँ नरहेको आरोप पनि लगाए। उनले भने, ‘बितेका ६ महिनामा सरकारले खोपलाई नै सबभन्दा ठूलो उपलब्धिका रूपमा चित्रण गरेको छ। एक करोड खोप मौज्दात छ भन्छ तर त्यसको पनि व्यवस्थापन छैन। अहिले हाहाकार छ।
३५ प्रतिशत जनताले पनि पूर्ण खोप नपाएको स्थितिमा सार्वजनिक सेवा लिन खोप कार्ड चाहिने निर्णय कति पूर्वाग्रही छ ? एमालेलाई हटाएर सत्तामा आउनु नै गठबन्धन सरकारको महान् उपलब्धि हो।’
गठबन्धन सरकारले विदेश नीतिमा पनि खेलबाड गरेको रिजालले बताए। उनले थपे, ‘सरकारले आफ्ना विषय दृढतापूर्वक उठाउन सकेको छैन। लिम्पियाधुरा, लिपुलेक, कालापानीका विषयमा पनि लत्तो छाडेको छ।
बरु भारतले नै वार्ताको माध्यमबाट समाधान गर्न सक्छौं भनेको छ। नेपाल सरकार त सत्ताको मातले लट्ठिएको छ। विदेश नीतिमा यति लाचार सरकार त कुनै पनि देशमा हुँदैन होला। हामीलाई त सरकार छ भन्न पनि लाज हुन्छ।’