मंगलबार ०३ जेठ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पूर्व मन्त्री योगेश भट्टराई मुख भरिको ज’वाफ दिएका छन् ।

आफु माथी पूर्व मन्त्री भट्टराईले अनेक अ-रोप लगाए पछि आ’क्रोसित भएका मन्त्री आलेले आफुले बतास समूह माथी एक्सन लिए पछि योगेश नमज्जा सँग आत्तिएको दाबी गरेका छन् । गलत गर्ने जो सुकै भए पनि नछोड्ने भन्दै आलेले भट्टराईलाई अहिले आफुले देखाएको ट्रेलर मात्रै भन्दै पुरा फिल्म अब देखाउँने बताएका छन् ।

भट्टराई माथी हतियार तस्करीको संगिन अ-रोप पनि आलेले लगाएका छन् । नेपालमा भएको द्धन्द्धको समयमा हतियार खरखजनाको तस्करी गरेरनै योगेश भट्टराईले काठमाडौँमा घर बनाएको आरोप पनि उनले लगाएका छन् । योगेशले मन्त्री हुँदा गरेको बदमासीको अनुसन्धान सुरु भएको भन्दै मन्त्री आलेले कारबाही गरेरै छोड्ने बताएका छन् ।

आलेले नारायणहिटी दरबार संग्रहालयभित्रको १४ रोपनी जग्गा कौडीको भाउमा बतास समूहलाई दिएको नैतिक जिम्मेवारी पूर्वमन्त्री योगेश भट्टराईले लिनु पर्ने भन्दै “हाम्रो जस्तो देशमा मन्त्रीको निर्देशनबिना तलको कर्मचारीले यस्तो काम गर्न नसक्ने जिकिर गरेका छन् ।।

योगेश भट्टराईको मौखिक आदेशमा बतास समूहले नारायणहिटी संग्रहालयभित्र ६ आनामा बनेको एकतले भवन र १४ रोपनी जग्गा भुइयाँको भाउमा पाएको हो । यसका मतियार कोही पर्दाभित्र छन्, कोही पर्दाबाहिर छन् ।त्यसमा र्‍याल चुहाउने मान्छे पनि होलान् । कोभिडको मौका छोपेर टेन्डन निकाल्नु, एउटै समूहका तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुमा मिलेमतो देखिँदैन र ?उनले भनेका छन्

मन्त्री आलेले संग्रहालयभित्र ‘बार चलाउने बदनियतका साथ’ बनाइएका संरचना भत्काएकामा योगेश भट्टराई तात्तिनुको कारण के हो भनी प्रतिप्रश्न गरे । उनले भने, “नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्री योगेशकै मौखिक आदेशमा दिएको बताइसक्नुभएको छ । बतास समूहलाई क्याफटेरिया चलाउन २ लाख ३५ हजार भाडामा ६ आनामा बनेको घर दिएको हो ।

त्यसमै १४ रोपनी जमिन पनि दिन मिल्छ ? औंला दिँदा हातैनिल्ने ? बार चलाउने बदनियतका साथ बनेका थुप्रै टहरा हटाउँदा उहाँ किन तात्तिनुभयो ? कि बताससित मेरो अनसिन पार्टनरसिप थियो मलाई घाटा भयो भन्नुपर्‍यो ।”


Last Updated on: January 17th, 2022 at 11:35 am
३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया