आइतबार ०८ जेठ २०७९

काठमाडौं।

नेकपा एमालेका नेता देवी ज्ञवालीले, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी चुनाव लड्न चितवन न’आउँने बताएका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा नेता ज्ञवालीले प्रचण्ड फर्केर चितवन चुनाव लड्न आउँछन् जस्तो आफुलाई नलागेको बताएका छन् । कुन मुख लिएर चुनाव लड्न चितवन आउँन सक्छन् मलाई पटक्कै विश्वास छैन उनले भनेका छन् ।

प्रचण्ड चितवनमा चुनाव लड्ने गरि आउँछन् जस्तो नलागेको यदि आएछन् भने राम्रो सँग हिसाब किताब गर्न पनि एमाले तयार रेहेको ज्ञवालीले बताएका छन् । चुनावी मैदानमा हिसाब किताब गर्न तयार रहेको उनले बताए ।

प्रचण्डको निर्वाचन क्षेत्र नै नभएको भन्दै, ज्ञवालीले यस अघि कहिले काठमाडौँ कहिले रोल्पा त कहिले सिराह गरेर डुलेको र अघिल्लो निर्वाचनमा एमालेले साथ दिने भए पछि चितवन आइपुगको भन्दै अब हारिन्छ भन्ने राम्रो सँग वुझेकाले प्रचण्ड चितवन आउँनेले ज्ञवालीको अनुमान छ ।

अन्तवार्ताका क्रममा ज्ञवालीले भनेका छन् माओवादी भन्ने पार्टी कस्तो देखीयो भने एजेरु भन्ने एउटा वनस्पती हुन्छ जुन माटोमा बस्दैन, बनस्पतीमा मात्रै बस्छ ,उसको विशेषता के हो भने जुन विरुवामा उ जन्मिन्छ र हुर्किन्छ त्यहि विरुवालाई मार्दिन्छ ।

माओवादी एक्लै कँही चुनाव जित्न सक्दैन कहिले एमालेलाई समात्छ ,कहिले काग्रेसलाई समात्छ , काग्रेसलाई समात्यो भने त्यही झगडा गराउँछ एमालेलाई समात्यो भने पनि त्यहि झगडा लगाएर पार्टी फुटाउँन खोज्छ त्यसैले वनस्पतीमा एजेरु र राजनितीमा माओवादी एकै हो । ज्ञवालीले भनेका छन् ।

ओलिले आउने चुनाबमा १० सिट ल्यादैनन, जमानत जाेगाउन धाै छ : नेता नेपाल
सर्वोच्च अदालतले नेकपाको नाम विवादको फैसला टुंगो लगाउँदै २३ फागुनमा पूर्व एमाले र पूर्व माओवादी ब्युँताएपछि वर्तमान एमालेभित्र पेलाईमा परेको माधव नेपाल समूहले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाएको छ ।

नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ ।

उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ दल दर्ता गर्दा पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गरिएको छ ।राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशबाट उमेदवार बनेका खिमलाल देवकोटाले कलम चिन्ह लिएर चुनाव जितेका थिए । नयाँ बन्नसक्ने पार्टीको चुनाव चिन्हलाई नै ध्यान दिएर देवकोटाले कलम चिन्ह मागेको स्रोतको दाबी छ।

पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाललाई तोकिएको छ । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । आयोग उच्च स्रोतले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ। यतिबेला आयोगमा पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ ।


Last Updated on: January 17th, 2022 at 3:03 pm
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया