मंगलबार ०३ जेठ २०७९

काठमाडौं, ३ माघ ।

राजनीतिक विश्लेषक प्रा।डा। सुरेन्द्र केसीले योगेश भट्टराई र पर्यटनमन्त्री प्रेम आलेबीच भएको आ-रोप प्रत्या’रोपले स्वयम उनीहरुलाई नै बेफा-ईदा हुने दा’बी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मन्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थर्काउनु ग’लत हुने बताए । उनले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम चाल्नुपर्नेमा जोड दिए ।

उनले मिडिया, बौद्धिकहरुलाई विभाजित गरेर उद्यमीहरुमाथि लालआतंक मच्चाउने काम गरिनु ग’लत भएको बताए ।उनले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति आफू सहमत नभएको स्पष्ट पारे ।

उनले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई द’ण्डित गर्नुपर्नेमा जोड दिए । उनले मन्त्री ओलको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्री पद अनुकुलको नभएको जिकिर गरे ।


Last Updated on: January 18th, 2022 at 12:08 pm
४११ पटक हेरिएको

तपाईको प्रतिक्रिया