आइतबार ०८ जेठ २०७९

काठमाडौं।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा अ’सफल भएको दा’बी गरेका छन् । कामको हिसाबले यो सरकार पूर्ण रुपमा अ’सफल भइसक्यो ।

निर्वाचनका ताका जनतामा गरेका प्रति’बद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो, केसीले भने, हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनै हालतमा पुरा गर्छन् भन्ने विश्वास थिएन, अहिले त्यही भयो ।

सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उनले आरोप लगाएका छन् । खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन ।

मन्त्रीहरुले ठेकेदारहरुलाई का’रबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन । सिण्डिकेट हटाउँछौं भन्नुभयो, आइतवार रिपोर्टर्स क्लब केसीले भने, तर, एकाधिकार अहिले पनि कायमै छ ।

सुन का,ण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीको पाता कस्छु भन्नुभयो, तर, कारबाही केही भएन । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने कि सिंघम भनेपछि उहाँ चुप लाग्नुभयो ।

पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् ।झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको आलोचना गरिरहेका छन्, केसीले अगाडि थपे, माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो ।

तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ । ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भीर आरोप छ ।

ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो रु मैले बुझन सकेको छैन् । नाकाबन्दीका बेला उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो, केसीले भने, मैले त झनै सफल नेता र विकासको एसेट का रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिबेला प्रश्न खडा भयो ।

फरक प्रसंगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको बताए ।अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन, केसीले भने, उनकै छोरी र बुहारीको लागि त्यो डाइनामिज्म लागू भयो ।

यो समाचार केही समय पहिले प्रकाशित भएको हो । यो पनि पढ्नुहोस, कांग्रेस बनाउन सभापतिसँग सहकार्य हुन्छ, हानि पुर्‍याए संघर्ष
कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित धनराज गुरुङले ०३६ देखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् । नेविसंघको केन्द्रीय सभापति, तरुण दलको महासचिव, संविधानसभा सदस्य, कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य, पार्टीको केन्द्रीय सदस्य हुँदै उनी उपसभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विषयलाई चर्को गरी उठाउने र वैचारिक छलफल गर्न रुचाउने नेताका रूपमा उनी परिचित छन् । गुरुङसँग महाधिवेशनको मूल्यांकन र भावी कार्ययोजनाका विषयमा नयाँ पत्रिकाका दिपेश शाही, किरण दहाल र हिमाल पौडेलले गरेको अन्तर्वार्ता :

संस्थापनइतर समूहबाट उम्मेदवार बनेर पनि उपसभापतिमा विजयी हुँदा कस्तो अनुभूति भइरहेको छ ?

मभित्र उत्साह छ, जिम्मेवारी बढेको छ । सँगै थुप्रै चुनौती पनि छन् । हिजोका दिनमा केन्द्रीय सदस्य भएर काम गरेँ, त्यहाँ बोलेँ । प्रस्ताव राखेँ । अहिले कार्यान्वयन गर्ने ठाउँमा पुगेको छु । अब प्रस्ताव लैजाने वा बोलिदिने ठाउँमा मात्रै छैन भन्ने जिम्मेवारी महसुस भइरहेको छ ।

संस्थापन पक्षका उम्मेदवारसँग झिनो मतले विजयी हुनुभएको छ । यसमा तपाईंको धारणा के छ ?

महाधिवेशन प्रतिनिधिहरूसँग मेरो पहुँच (एक्सेस) थियो । धेरैभन्दा धेरै ठाउँमा मैले प्रशिक्षण दिँदै आएको छु । धेरैजनाको घरमै पुगेकोे छु । नियमित भेटघाट गरेको छु । ‘तपाईंको त प्रशिक्षण लिएको छु, तपाईंलाई एक भोट दिन्छु’ भन्नेहरू थुपै्र हुनुहुन्थ्यो । म सधैँभरि सामान्य रूपमा प्रस्तुत भएँ ।

मेरो ‘साधारणपन’लाई मन पराएर भोट हाल्नुभयो कि जस्तो पनि लाग्छ । सबै शक्ति एकातिर हुनुहुन्थ्यो । मसँग प्रतिस्पर्धामा रहनुभएका मेरा श्रद्धेय नै हुनुहुन्थ्यो । तैपनि म विजयी भएँ । मजस्तो एउटा साधारण मान्छेलाई उपसभापतिमा जिताउनुभएको छ । एकमदमै खुसी छु ।

जसको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर लाग्नुभएको थियो, उहाँ नै सभापतिमा विजयी हुँदा काम गर्न कत्तिको सहज होला ?

सभापति चुनावी मैदानमा रहुन्जेल मात्रै एउटा गुटमा रहनुभएको थियो । म अर्को प्यानलमा थिएँ । अब चुनाव सकियो । उहाँ कांग्रेस पार्टीको सभापति हो । अब म पनि एउटा गुटको होइन, समग्र कांग्रेसको उपसभापति हुँ । यही कोेणलाई ध्यान दिएर हामीले काम गर्‍यौँ भने सहज हुन्छ । कांग्रेस बनाउनमा उहाँसँग सहकार्य हुन्छ । कांग्रेसलाई हानि पुर्‍याउने कुरा उठ्यो भने संघर्ष हुन्छ ।

विधि, पद्धति, विधानलाई टेकेर अघि बढ्ने कुरामा सहमति र सहकार्य हुन्छ । विधि मिचिन थालियो भने असहमति सिर्जना हुन्छ । अब हामीलाई कुनै महत्वाकांक्षाले डोहोर्‍याउँदैन । व्यक्तिगत इच्छाले हामीलाई डोहोर्‍याउँदैन ।

अब पार्टीको स्वार्थमा केन्द्रित रहेर काम गर्नुपर्छ । पार्टी र सँगसँगै देशको स्वार्थलाई पनि केन्द्रमा राखेर अघि बढ्नुपर्छ । आगामी दिन साह्रै असहज होलाजस्तो मलाई लागेको छैन ।

विगतमा इतर पक्षमा जो हुन्थ्यो, उसले भाग खोज्ने गरेको देखिन्थ्यो । आफू पक्षले महाधिवेशनमा वा चुनावमा जितेको आधारमा भाग खोज्ने प्रचलन थियो । अब के हुन्छ ? सहकार्यको प्रक्रिया भागबन्डाबाट निर्धारण हुन्छ कि ?

विगतमा पार्टी बिग्रिएको भागबन्डाकै कारणले हो । विधिअनुसार पार्टी चल्यो भने भागबन्डाको अन्त्य हुन्छ । मैले त न्यायोचित व्यवस्थापन बारम्बार उठाइरहेको छु । यसले भागबन्डालाई अन्त्य गर्न सहयोग पुर्‍याउँछ । भागबन्डा नभएपछि गुटको अन्त्य हुन्छ ।

हामी गुटको अन्त्य गर्ने भन्छौँ । त्यो कसरी सम्भव हुन्छ ? त्यसका लागि न्यायोचित व्यवस्थापन गर्न जरुरी छ । नेविसंघ गठन गर्न नसकेको भागबन्डाले होइन र ! अझै कति भ्रातृ संस्था गठन हुन सकेका छैनन्, भागबन्डाकै कारणले हो । मन्त्रिमण्डल गठन गर्दा पनि भाग खोजेर बस्यौँ ।

अब सभापतिको दोस्रो इनिङ सुरु भएको छ । सभापतिले जे गर्नुहुन्छ त्यही मान्ने पदाधिकारी छैनन्् । उहाँले भाग दिने, हामीले भाग खोज्ने भन्ने हुँदैन अब । यो गलत भएको थियो । फेरि पनि विगतको झैँ ६० र ४० प्रतिशतको बिलो लगाएर पार्टीलाई थिलथिलो बनाउने हो भने रूपान्तरण हुँदैन । हामी अब भाग खोज्दैनौँ, विधि र विधान खोज्छौँ ।

यसो भन्दै गर्दा सभापति देउवाले निर्णय गरिरहने र तपाईंहरूचाहिँ प्रस्ताव मात्रै गर्ने स्थिति नहोला भन्ने के छ र ?

उहाँको पहिलो इनिङ सुखद भएन । दोस्रो इनिङ पनि त्यस्तै हुन्छ भन्ने हुँदैन । क्रिकेटको टेस्ट म्याचमा दुईवटा इनिङ खेल्छन् । पहिलो इनिङमा नराम्रो खेलेको मान्छेले पनि दोस्रो इनिङमा सेन्चुरी हानिरहेको हुन्छ । हामी पनि आशा गरौँ– देउवाजीको पहिलो इनिङ गतिलो नभए पनि दोस्रो इनिङमा सेन्चुरी हान्नुहुन्छ ।

त्यो वातावरण हामी बनाइदिन्छौँ । विगतमा उहाँका कदमहरू गलत थिए, अब पनि उहाँले गलत नै गरिरहनुहुन्छ भन्ने अनुमान अहिले नगरौँ । अब त हाम्रो उपस्थिति भइसक्यो । हिजो केन्द्रीय सदस्य थियौँ, आज पदाधिकारी छौँ । त्यसकारण देउवा आफैँ पनि रूपान्तरण हुनुहुन्छ । हामीले परिवर्तन गराउँछौँ ।

हामीलाई तेस्रो पुस्ता भन्थे । तर, त्यही तेस्रो पुस्ताबाट उपसभापति आइसक्यौँ । यो उहाँ (सभापति)को अनुभव र हाम्रो ऊर्जाको मिलन पनि हो । एकप्रकारले रूपान्तरण पनि भएको छ । पार्टीभित्र आगामी दिनमा साह्रै असहज होलाजस्तो मलाई लागेको छैन ।

नेतृत्व परिवर्तन गर्ने भनेर हिँडेकाहरू अन्तिममा पुरानै नेतृत्वलाई साथ दिन पुगे । यसमा तपाईंको विश्लेषण के हो ?

यो अत्यन्त गम्भीर प्रश्न हो । तर, यो प्रश्न उनीहरूलाई सोध्नुपर्ने हो जसले ६–७ घन्टा अघिसम्म शेरबहादुर देउवाबाट पार्टी चल्दैन भन्थे, तर पछि उहाँलाई नै साथ दिन पुगे । देउवाले विधि÷विधान मिच्यो भन्थे । देउवालाई अस्विकार गर्छौँ भन्थे । देउवालाई हराएरै छाड्छौँ भन्थे । बरु मैले कहिले पनि शेरबहादुरलाई हराउँछु भनेर भनिनँ ।

हामीले पार्टीभित्र रूपान्तरण चाहिन्छ, पुस्तान्तरण चाहिन्छ भन्यौँ ।उहाँहरूले शेरबहादुरले पार्टी बिगारे, लथालिंग पारे, विधान मिचिए, पार्टी सबै बिगारे भनेर भनिरहनुभएको थियो । तर, ६ घन्टापछि त सबै शेरबहादुरले मात्रै सपार्छ भन्ने निष्कर्षमा कसरी पुग्नुभयो ? कसले सिकायो ? उहाँहरूलाई नै सोध्नुपर्ने भएको छ ।

यसको जवाफ उहाँहरूले जनता, नेता र कार्यकर्ताको बीचमा दिनैपर्नेछ । भ्रमका खेती गर्न मिल्दैन । बिपी कोइरालाले कहिल्यै भ्रमको खेती गर्नुभएन । गणेशमान, सुवर्णशमशेर, कृष्णप्रसाद, गिरिजाबाबु, महेन्द्रनारायण निधिहरूले कहिल्यै भ्रमको खेती गर्नुभएन ।

तर, आज भ्रमको खेती भयो । कि त म निद्रामा थिएँ भन्नुपर्‍यो । अथवा म असन्तुलित भएको थिएँ, औषधिले भोलिपल्ट ठ्याक्कै ठीक भइयो भन्नुपर्‍यो । होइन भने यस प्रश्नबाट भाग्न पाउनुहुन्न ।

तपाईंहरूसँग सायद संवादमा नै हुनुहुन्थ्यो होला । के विषयमा कुरा नमिलेर निस्किनुभएको थियो ?

केही पनि कुरा भएन । उहाँहरूले देउवाको मत ४८ प्रतिशत आएको कारण मात्रै देखाइरहनुभयो । रूपान्तरण पक्षधरभन्दा बढी मत ल्याएकाले उहाँलाई समर्थन गर्छौँ भनेर तर्क गर्नुभयो । जुन गलत छ । कि त रूपान्तरणको पक्षमा शेखर कोइरालाको टिम मात्रै थियो, हामी थिएनौँ भनिदिएका मात्रै हौँ भन्नुपर्‍यो ।

रूपमा रूपान्तरणकारी थियौँ, सारमा थिएनौँ भन्नुपर्‍यो । होइन भने रूपान्तरणको पक्षमा मत नआएकाले उतै मत दियौँ भन्ने तर्क नै गलत छ । बरु रूपान्तरणको विपक्षमा ४८ प्रतिशत आयो, पक्षमा ५० प्रतिशतभन्दा माथि भएकाले एक ठाउँमा आउनुपर्छ भन्नुपथ्र्यो । साथै, उहाँहरूले हामीसँग संवादभन्दा पनि हतार गर्नुभयो ।

अगाडि को ४८ प्रतिशतको नजिक दौडेर पुग्ने र समर्थन गरेर के–के लिने भनेर हस्याङफस्याङ गर्दै पुग्नुभयो । समर्थन गर्नुभयो त्यो आफ्नो ठाउँमा छ । तर, सैद्धान्तिक र नैतिक प्रश्नको जवाफ दिनुपर्छ ।

तपाईंहरू सुरुदेखि नै पौडेल पक्ष भनेर चिनिनुभयो, तर अन्त्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल नै यहाँहरूको पक्षमा खुलिदिनुभएन । तपाईंहरूले कहाँनेर चित्त बुझाउन सक्नुभएन ?

रामचन्द्र पौडेल हाम्रो श्रद्धेय नेता नै हुनुहुन्छ । उहाँ १४ वर्ष त जेल नै बस्नुभएको छ । त्यति लामो राजनीतिक यात्रा गर्नुभएको नेताले अन्तिममा आएर कहीँ पनि छैन, वा म राजनीतिबाट विश्राम लिन्छु भन्दा मलाई पनि उदेक लाग्यो । किनभने, राजनीति भनेको निरन्तरको यात्रा हो । राजनीतिमा सधैँ पदहरू आइरहँदैनन् ।

आउँछन्, जान्छन् । देशभरका साथीले मलाई उपसभापतिमा विजयी गराउनुभएको छ, चार वर्षका लागि । मैले आजैका मितिबाट बुझेर काम थाल्नुपर्छ । काम गर्दै जाँदा मलाई फेरि यही पार्टीमा काम गर्नुपर्छ भनियो भने काम गरौँला । होइन, धनराज गुरुङको अब विश्राम लिने वेला आयो भनेपछि सजिलै विश्राम लिन पनि सक्नुपर्छ ।

एउटा साधारण भोटर भएर पनि काम गर्न सकिन्छ भन्ने मान्यता राख्नुपर्छ । हामीले पौडेललाई अहिले नै यो हुनुहोस् वा त्यो हुनुहोस् भन्ने हुँदैनथ्यो । उहाँजस्तो त्यति लामो राजनीतिक यात्रा गर्नुभएको नेताको चित्त त दुख्यो होला । कि केटाकेटीको चित्त र बुढाबुढीको चित्त बुझाउन गाह्रो हुन्छ भन्छन्, त्यस्तै भएको हो कि भन्ने लागेको छ ।

पसभापतिको हैसियतमा रहेर पार्टीमा लागू गर्ने र कांग्रेसको सुधारका लागि तपाईंसँग के एजेन्डा छन् ?

सर्वप्रथम आजसम्म जुन विधि र विधानबाट पार्टी चलेन यसको निराकरण गर्नुपर्नेछ । सबैलाई थाहा छ, दुई महिनामा बनाउनुपर्ने विभाग अघिल्लो अस्ति महाधिवेशनको कार्यतालिका सुरु भइसकेपछि पनि पत्र बाँड्ने काम भइरहेको थियो । त्यो विधिको शासन भएन । विधिको शासन नै प्रजातन्त्र हो ।

हामी आफूलाई प्रजातन्त्रवादी भन्ने तर पार्टी अप्रजातान्त्रिक, विधि र पद्धतिविपरीत ढंगले चलाउने काम भएको छ । त्यसले पार्टीलाई बिगारेको छ, पहिलो चरणमा हामी त्यसलाई सुधार गर्छौँ । त्यसपछि न्यायोचित व्यवस्थापन । भागबन्डाले पार्टी पूर्ण रूपमा बिग्रेको छ । अब भागबन्डा होइन, पार्टी पूर्ण न्यायोचित ढंगले अघि बढ्ने छ ।

महाधिवेशनको वेलामा को कता कुन कित्तामा उभिएको थियो भनेर हिसाब गरेर लाभको पद दिने होइन । अब कसको क्षमता के छ हेरेर जिम्मेवारी दिने हो । जिम्मेवारी दिँदाखेरि मसँग दिनदिनै नमस्कार, जय नेपाल भन्न आउँछ कि आउँदैन भन्ने कुरा गनेर हुँदैन । जिम्मेवारीमा क्षमता प्रस्तुत गर्न सक्यो कि सकेन भन्ने कुरा मूल्यांकन हुनुपर्छ ।

कसैलाई संसद्मा दोहोर्‍याउने हो भने गएको कार्यकालमा उसले कति काम गर्‍यो, प्रस्तुति कस्तो रह्यो भन्ने कुरालाई हेरेर संसद्मा लिनैपर्नेलाई मात्रै दोहोर्‍याउने हो । होइन, हाजिर गरेर तलब–भत्ता थाप्न, सांसदको लोगो लगाएर पार्टीको ह्विपबमोजिम सही गर्नका लागि मात्रै कसैलाई सांसद बनाउने होइन । मैले एउटा मात्रै उदाहरण दिएँ । त्यसैले न्यायोचित व्यवस्थापन गर्ने दोस्रो कार्ययोजना मसँग छ ।

तेस्रो, समसामयिक एजेन्डा पार्टीसँगै लिएर अघि बढ्ने । समयसापेक्षित भएर पार्टीलाई बनाउने । अहिले सबै नेपाली जनता वाक्कदिक्क भएको भनेको भ्रष्टाचारबाट हो । ठुल्ठूला नेताको नाम भ्रष्टाचारमा मुछिएको छ । अख्तियार ससाना प्रकरणका पछाडि दगुरिरहेको छ । म त यहाँ नेता जोगाउने काम भयो भन्छु ।

भ्रष्टाचारका ठूला काण्डको छानबिन नहुनुको पछाडिको मुख्य कारण नै नेता जोगाउन हो । त्यसैले हामी अब भ्रष्टाचारीको कुनै राजनीतिक दल, जात, धर्म, लिंग, राष्ट्र र राष्ट्रियता हुँदैन भन्ने मान्यताका आधारमा हामी काम गर्छौँ ।भ्रष्टाचारका ठूला घटनामा छानबिन गराउन पार्टीका तर्फबाट निर्देशन दिन्छौँ ।

भएन हामी पार्टीभित्रै संघर्ष गर्छौँ । पार्टीभित्र संघर्ष र सहकार्य एकसाथ गर्ने गरी हामी अघि बढ्छौँ । त्यसैले सुशासन कायम गर्ने हाम्रो अर्को प्राथमिक कार्ययोजना रहन्छ ।

अबको चार वर्षपछिको कांग्रेस कस्तो हुनेछ ?

चार वर्षपछिको कांग्रेस सबल पार्टीका रूपमा स्थापित हुनेछ । यदि हामीले सोचेजस्तो गरी पार्टी सभापतिसँग हाम्रो सहकार्य भयो भने एक वर्षभित्र हुने आउँदो निर्वाचनमा ३३ प्रतिशतमा १० प्रतिशत मात्रै भए पनि थप हुनेछ ।


Last Updated on: January 18th, 2022 at 12:29 pm
३५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया