आइतबार ०८ जेठ २०७९

आलेपछि, श्रममन्त्री श्रेष्ठले पनि चाले, बोल्ड कदम, यो देश जाने कामदारको हवाई भा’डा प्रतिव्यक्ति ८० हजार घ’ट्यो

मंगलबार, काठमाडौ ।देउवा सरकारका मन्त्रीहरु पछिल्लो समय तारिफ पाइरहेका छन् । पर्यटनमन्त्री आलेले वाही-वाही पाइरहेका बेला अर्का मन्त्रीले त्यही बाटो समातेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा इजरायलमा जाने कामदारले ८० हजार भन्दा कम हवाई भाडादर तिर्नुपर्ने भएको छ । कामदार लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

एयर अरेबियाले ५९ हजार ९ सय ९० रुपैयाँमा नेपाली कामदारलाई इजरायल लैजान तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

रोजगारीमा जान अन्तिम छनौटमा एक हजार एक सय ७५ कामदार रहेका छन् । अब उनीहरूको नौ करोड ४० लाख रुपैयाँ लागत घ’ट्ने भएको मन्त्री श्रेष्ठले बताए ।

यसअघि वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारबाट हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, पिसिआरसहित १ लाख ६५ हजार सात सय तोकेको थियो । जसमध्ये विभागले एक लाख ४० हजार रुपैयाँ हवाई भाडाबापत मात्रै खर्च तोकेको थियो ।

विभागले नेपाल एयरलाइन्समार्फत कामदारलाई इजरायल पठाउन उक्त भाडादर निर्धारण गरेको हो । तर, श्रममन्त्री श्रेष्ठले हवाई भाडादर अत्यधिक भएको भन्दै नेपाल एयरलाइन्सको विकल्प खोज्न निर्देशन दिएपछि विभागले टेन्डर आव्हान गरेको थियो ।

मन्त्री श्रेष्ठले भने, ‘नेपाल एयरलाइन्ससँग घटाउनका लागि आग्रह गरेपछि एक लाख २० हजारसम्ममा सहमत भएको थियो । तर, अन्य एयरलाइन्सले त्यसभन्दा कममा लैजान्छौं भनेपछि हामी टेण्डर आव्हान गर्न पुगको हौ ।’

वैदेशिक रोजगार विभागले पुष ९ गते सूचना प्रकाशित गर्दै एयरलाइन्स कम्पनीसँग प्रस्ताव माग गरेपछि आठ वटा एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए ।

जसमध्ये सबैभन्दा कम मूल्य सी लिंक होलिडेज कम्पनीबाट प्रस्ताव गरेपछि एयर अरेबिया छनौट भएको हो । इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए) ले एक हजार एक सय ७५ जना कामदारलाई छनोट गरेको छ ।

वैदेशिक रोजगार विभागले माघ ५ गते पहिलो चरणमा एक सय २५ जना नेपाली युवालाई इजरायल उडाउने तयारी गरेको छ ।


Last Updated on: January 18th, 2022 at 7:07 pm
३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया