बुधबार ०४ जेठ २०७९

उपत्यका बाहिर काठमाडौँ जस्तै, तीन ठाउँमा नयाँ शहर बनाउँदै छौं : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताउनुभएको छ। लगानी बोर्डको आजको बैठकमा बोल्दै, उहाँले विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता औँ’ल्याउनु भएको हो।

उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताउनुभयो। उहाँले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माणको आवश्यकतामा जोड दिनुभयो।

“काठमाडौँ सहरको नयाँ भ’र्सन चाहियो। दूरदराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ शहर बन्दो रहेछ”, उहाँले भन्नुभयो, “नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ।”

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योग लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिनुभयो। पर्यटन, शिक्षा, पूर्वाधार

विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजना अघि सार्न लगानी बोर्डलाई निर्देशन दिनुभयो। त्यस्तै जलविद्युत् क्षेत्रमा तीन वटा ठूला जलविद्युत् आयोजना विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिनुभयो।

“बूढीगण्डकी, माथिल्लो अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईंहरूले ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो।
त्यस्तै उहाँले काठमाडौँ–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि

औँल्याउनुभयो । यसका लागि अध्ययन गर्नसमेत उहाँले निर्देशन दिनुभयो। “काठमाडौँ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा रेलमार्ग हुनसक्छ । तर द्रूत गतिमा पुग्ने हुनुप¥यो”, उहाँले भन्नुभयो, “यो योजना तपाईंहरूको विशिष्टिकृत योजनामा हुनु गर्यो।”

बैठकमा नेपाल सकारका मुख्यसचिव शङ्करदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेल लगायतको सहभागिता थियो।
गुल्मी एमालेका प्रभावशाली नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे । सुरुमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा सही छन् भन्ने लागेर पार्टी विभाजनको समयमा एमालेमै रहने निर्णय गरेको उनको भनाइ छ ।

सुरुदेखि आफू माधवकुमार नेपाल पक्षधर रहे पनि पार्टी विभाजनकोसमयमा भने नेपाललाई साथ नदिएर एमालेमै रहने निर्णय गरेको उनले बताए । तर, पछिल्लो समयमा आएर गोकर्ण विस्ट लगायत एमालेका केही नेताको कार्यशैली र विचारलाई लिएर आफू सो पार्टीमा रहन नसक्ने निर्णयमा पुगेको उनको भनाइ छ ।

‘पार्टी विभाजनको समयमा एमालेका १० भाइले पार्टी एकताका लागि ठिकै गरे भन्ने लागेको थियो, तर उनीहरु विचौलिया रहेछन् भन्ने मलाई लाग्यो,’ उनले भने, ‘ती १० भाइमध्ये हाम्रो जिल्लाको नेता गोकर्ण विष्ट पनि एक हो ।’

त्यतिबेला उनीहरुले समेत हस्ताक्षर गरेर एमालेको सरकारलाई विस्थापित गरेको तर अहिले आएर विष्टले आफूलाई खाली कागजमा सही गराएको भनेर अभिव्यक्ति दिँदै आएको भन्दै ठकुरीले विष्टको त्यस्तो अभिव्यक्तिबाट आफू आश्चर्यचकित भएको बताए ।

‘उहाँजस्तो जिम्मेवार मान्छेले त्यस्तो अभिव्यक्ति दिनुहोला भन्ने लागेको थिएन,’ उनले भने, ‘आफूले गरेको कामको जिम्मेवारी र जसअपजस लिन नसक्ने नेताको पछाडि लाग्नु ठिक लागेन ।’


Last Updated on: January 19th, 2022 at 8:57 am
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया