मंगलबार ०३ जेठ २०७९

नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरे ।

माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे!
नेकपा माओवादी केन्द्रको जनयुद्ध अगाडि आफ्नै गतिमा चलिरहेको थियो कञ्चनपुरको मझगाउँ विमानस्थल । भारतीय धार्मिक पर्यटकसमेत मझगाउँ एयरपोर्टबाट जहाज चढेर पशुपति दर्शन गर्न काठमाडौं आउँथे ।तर जब जनयुद्ध सुरु भएसँगै माओवादीले एयरपोर्ट नै बन्द।। गराए ।

माओवादी शान्ति प्रक्रियामा आयो, पटक पटक सरकारमा गयो, तर विमानस्थल चलाएन । निरीक्षण, परीक्षण उडानका नाममा माओवादीका मन्त्रीले बजेट भने थुप्रै उडाए । तर अहिले गफभन्दा काममा सक्रिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बजेटमात्र छुट्याएनन् मझगाउँ विमानस्थल सञ्चालनमै ल्याउन कस्सिएका छन् ।

दुई दशकदेखि थन्किए को विमास्थल मा भने भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले कञ्चनपुर पुगेर बुधबार शिला न्यास गरे । शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमान स्थलको पुनःनिर्माण हुने भएको छ ।मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण हुने छन् ।

नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम “केएस जेभी” निर्माण सेवाले पाएको छ विमानस्थलबाट पहिले सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो ।

अनि सातामा एक पटक काठमाडौं पनि उडान हुन्थ्यो nepal pana बाट साभार।।थप हाईलाईट माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे!काठमाडौं ।

नेकपा माओवादी केन्द्रको जनयुद्ध अगाडि आफ्नै गतिमा चलिरहेको थियो कञ्चनपुरको मझगाउँ विमान स्थल । भारतीय धार्मिक पर्यटकसमेत मझगाउँ एयरपोर्टबाट जहाज चढेर पशुपति दर्शन गर्न काठमाडौं आउँथे ।तर जब जन युद्ध सुरु भएसँगै माओवादीले एयरपोर्ट नै बन्द गराएका थिए।


Last Updated on: January 19th, 2022 at 1:11 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया