मंगलबार ०३ जेठ २०७९

काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी परियोजना कुनै पनि हालतमा नेपालको संसद बाट पारित गर्न नहुने अडान राखेका छन् ।”

“अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा नेपालमा निकैनै विवादीत र गिजोलिएका कारण अब यसलाई अघि बढाउँन नहुने अभिव्यक्ति दिएका छन् । सरु देखीनै नेपाल सरकारले यसमा जनताको विश्वास लिन नसकेको भन्दै उनले जम्मा ५५ अर्बका लागी नेपालीलाई विभाजीत गरेर एमसीसी नचाहिने बताएका छन् ।”

“एक टेलिभिजन अन्तर्वातामा अध्यक्ष लिङ्देनले नेपाली जनतालाई आपसमा भिडाएर ,लडाएर जम्मा जम्मी ५५ अर्ब रुपैँयाका लागी रहस्यमय एमसीसी नेपालमा लागु गर्नु पर्छ भन्ने पक्षमा राप्रपा नरहेको प्रष्ट पारेका छन् । पैसा ठूलो कुरो होइन नेपालीलाई चाहिँदैन भन्दा भन्दै अमेरिकाले किन यती जबर्जस्ती गरिरहको छ ? उनले प्रश्न गरेका छन् ।”

नेपालीले चाहिँदैन भनेका छन् उसले लिनु कि लिनु भनिरहेको छ अनुदान पनि लिनु कि लिनु भनेर दिने कुरा होर ? यहिँ छनी रहस्य । उनले भनेका छन् । एमसीसी यति धेरै विवादित भैसके पछि खुरुक्क यसलाई फिर्ता पठाउँनु पर्ने तर्क उनले गरेका छन् ।

५५ अर्ब पैसाका लागी हो भने त्यत्ती पैसा ठूलो कुरा नभएको भन्दै उनले त्यत्ती पैसा निकाल्न सकिने ठाउँ आफुले बताइदिने भनेका छन् । उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ती छानबिन गर्ने हो भने अरबमा होइन खरबमा पैसा उठाउँन सकिन धारणा उनले राखेका छन् ।

केहि समय अघि मात्रै कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा निर्वाचित भएका लिंदेनको यस्तो घोषणा गरि पछि एमसीसी विरोधी अभियान्ताहरुमा खुशियाली छाएको छ । यस अघी राप्रपाका अध्यक्ष रहेका कमल थापा एमसीसीको कट्टर समर्थक रहेका थिए ।

मन्त्रालय ह त्या उन सत्तारुढ दलमा हानथाप
रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूबीच हानथाप चलेको छ । काँग्रेसको कोटाबाटै हमाल मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि उक्त मन्त्रालयमा दाबी छ । तर, प्रधानमन्त्री देउवा भने उक्त मन्त्रालय काँग्रेसकै भागमा राख्न लागि परेका छन् ।

देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् ।

पौडेल असोज २२ मै चौधरीलाई मन्त्री बनाउन चाहेका थिए । तर देउवाले दिलेन्द्र बडू र मिनेन्द्र रिजाल रोजेपछि चौधरी मन्त्री बन्नबाट बन्चित भएका थिए । उनी उक्त दुई मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तयारीमा छन् ।

प्रकाशमानको नाम चर्चामा
देउवाले यस विषयमा पार्टीभित्र छलफल थालेको पाइएको छ । शनिबार अपरान्ह नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । सिंह काठमाडौंका जिल्ला काँग्रेस सभापति सबुज बानियाँलाई साथमा लिएर बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवा र सिंहबीच करिब १ घण्टा छलफल भएको थियो ।

मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा महाधिवेशनमा सिंहले लगाएको गुन तिर्न देउवा तयार देखिएका छन् । सिंह समर्थन पाएपछि दोस्रो चरणबाट सभापतिमा दोहोरिन सफल भएका थिए ।

यतिबेला देउवाले सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन चाहेका बुझिएको छ । सिंह सरकारमा सहभागी नभएको खण्डमा उनको सिफारिसमा राजन केसीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

सिंह मन्त्री बन्न तयार भए उपप्रधानसहित गृहमन्त्री बनाउने सम्भावना छ । वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिने सकिने विषयमा पनि देउवाले छलफल थालेको स्रोतले बतायो । यस विषयमा खाण पनि सकारात्मक नै रहेको नेताहरु बताउँछन् ।

यसैगरी रक्षामन्त्रीमा गगन थापाको चर्चा पनि चलेको छ तर शेरबहादुर देउवा थापालाई मन्त्रि बनाउनेमा देखिदैनन ।

देउवाले सिंहलाई कुनै न कुनै महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको पाइएको छ । सरकारमा सहभागी नहुने भए संसदीय मोर्चा सम्हाल्न पनि देउवाले सिंहलाई प्रस्ताव गरेका थिए ।

विजय कुमार गच्छदारको सांसद पद निलम्बन भएपछि काँग्रेस संसदीय दलको उपनेता छैन । तर देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले सिंह उपनेता हुने सम्भावना करिब छैन ।

उनले देउवाको उक्त प्रस्ताव अस्वीकार गरिसकेका थिए । तर मन्त्री बन्ने विषयमा भने सिंह सकारात्मक नै रहेको बालुवाटार स्रोतको भनाइ छ । यता नेता सिंहको सचिवालयले भने मन्त्री हुने कुरामा सत्यता नरहेको जिकिर गरेको छ ।

सिंहका प्रेस संयोजक युपी लामिछानेका अनुसार शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत चलाउने विषयमा मात्रै कुराकानी भएको थियो । उनले भने, ‘मन्त्री बन्ने कुरामा कुनै सत्यता छैन । शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने विषयमा मात्र छलफल भएको हो । अरु सबै हल्ला हुन्,’ उनले भने ।


Last Updated on: January 20th, 2022 at 9:19 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया