बुधबार ०४ जेठ २०७९

काठमाडौ। राजनीतिक विश्लेषक प्रा।डा। सुरेन्द्र केसीले योगेश भट्टराई र पर्यटनमन्त्री प्रेम आलेबीच भएको आ-रोप प्रत्या’रोपले स्वयम उनीहरुलाई नै बेफा-ईदा हुने दा’बी गरेका छन्।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन्, कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै, उनले यस्तो बताएका हुन्।

उनले मन्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थर्काउनु ग’लत हुने बताए। उनले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम चाल्नुपर्नेमा जोड दिए।

उनले मिडिया, बौद्धिकहरुलाई विभाजित गरेर उद्यमीहरुमाथि लालआतंक मच्चाउने काम गरिनु ग’लत भएको बताए। उनले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति आफू सहमत नभएको स्पष्ट पारे।

उनले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई द’ण्डित गर्नुपर्नेमा जोड दिए। उनले मन्त्री ओलको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्री पद अनुकुलको नभएको जिकिर गरे। उनी भन्छन्, ‘प्रेम आले भष्मासुरको यात्रामा छन्, देउवाले हटाउनु पर्छ, बतासलाई बचाउनु पर्छ।’


Last Updated on: January 20th, 2022 at 11:40 am
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया