बुधबार ०४ जेठ २०७९

काठमाडौ ।

पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानी गर्न आफू राजनीतिमा नआएको बताएका छन्।

जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा आयोजित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा क्रममा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन्।

सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम नलाग्ने भन्दै उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए। “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन।”, उनले भने।

सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको पनि उनले दावी गरेका छन्। समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने पनि बताए।

“जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ।”, उनले भने,”वर्तमान अवस्थामा मुलुकको समृद्धिको अर्को आधार श्रम र प्रविधि हस्तान्तरण पनि प्रमुख विषय बनेको छ। श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्छ।”

बाँस्कोटाले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएका पनि बताएका छन्।

सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उनको भनाई छ। “राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव छ, त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको हो।”,उनले भने।

माओवादी र हाम्रो मन ठ्याक्कै मिल्यो, अब एकता घोषणा हुन्छ अरू मिल्दै जान्छन्ः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू र माओवादी केन्द्रको मन ‘ठ्याक्कै’ मिलेको बताएका छन् ।

माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै नेपालले आफूले माओवादीले सम्मेलन नभएर महाधिवेशन गरोस् भन्ने चाहेको उल्लेख गर्दै उक्त विषयमा मन मिलेको बताएका हुन् ।

‘प्रत्येक ५/५ वर्षमा गर्नुपर्ने महाधिवेशन विभिन्न कारणले गर्दा हुन नसक्दा पनि किन त्यहाँ सोचिरहनुभएको छैन भन्ने ठानीरहेको बेलामा ठ्याक्कै तपाईं र हाम्रो मन मिलिहाल्यो,’ नेपालले भने । मन र विचार मिलेपछि अरू कुरा मिल्दै जाने नेपालले बताए ।

नेपालमा प्रचण्ड जस्तो नेता अरु छैनन, उहाँ निकै सोझो र ईमानदार हुनुहुँदो रहेछ : माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नारा वामपन्थ नभइ रामपन्थ भएको बताएका छन् । उनले सोमबार भएको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

“केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो,” उनले भने, “उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् ।

गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ ।परपीडक नम्बर एक केपी ओली भनिदिए हुन्छ । अरुलाई दुःखमात्रै दिने काम उनीबाट हुन्छ ।”केपी ओलीलाई चिन्न नसक्ने प्रचण्ड सोझो हुनुहुँदो रहेछ

माधवकुमार नेपालले केपी ओलीलाई चिन्नै नसक्ने पुष्पकमल दाहाल सोझो भएको बताएका छन् ।समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “प्रचण्ड सोझो हुनुुहुँदो रहेछ,” उनले भने, “केपी ओलीलाई चिन्नै सक्नुभएन ।

म त हत्तु भएर बसेको मान्छे ।अब मेरो पालो भन्नुपर्छ नि, आलोपालो भनेपछि त मेरो पालो हो भन्नुपर्छ नि । उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।”

उनले केपी ओलीले त्यो व्यवहार २०७२ सालमा पनि देखाएको बताए । केपी ओली प्रधानमन्त्री पद छाड्नुपरेमा कुर्सी भाँच्ने धुन्धुकारी व्यक्ति भएको बताए । “यस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो,” उनले भने ।


Last Updated on: January 20th, 2022 at 12:03 pm
२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया