मंगलबार ०३ जेठ २०७९

काठमाडौ। मुकुन्द घिमिरे, अर्थात् ‘मुकुन्दे’। यो नाम रत्नपार्कमा मात्र सिमित रहेन आजकल।त्यसो त उनको भनाई र गराईहरू पनि सिमितताको सिमा बाहिर पुगिसके। नेपाली राजनीतिको चक्काचौंधमा एउटा उर्वर नौजवान कसरी पिसिन्छ भन्नेको एउटा उदाहरण हुन् उनी।

विविध कारणले राम्रै करिअर संभावना बोकेका नौजवान यतिखेर डिजिटल सामाजिक संजालका भाईरल कन्टेन्ट मात्र बनिरहेका छन्। त्यसैले भाईरल संजालमा सब्सक्राईबर, भ्यूज र मोनिटाईजेसनको गतिलो कन्टेन्ट बनिरहेका छन्। पछील्लो समय ‘मुकुन्दे’ बाट ‘मुकुन्दाई’ बनेका उनी हरेक युट्युबरका लागी ‘मनि’ झार्ने माध्यम हुन्।

राजेश हमालको बिहे देखी अमेरिकी सहयोग/लगानी/दान स्पष्ट नखुलेको तर धेरै चर्चा पाएको एमसीसी सम्मका विषयमा उनका धाराप्रवाह टिप्पणीले धेरै युट्युबरलाई ‘मनि’को वर्ष गरिदिएको छ। त्यसैले उनलाई अतिथी बनाउन चाहनेको संख्या पनि कम छैन।

कुनै बेला रत्नपार्क गतिलो ‘पब्लिक स्पेयर’ थियो, मुकुन्दे त्यहीँ ‘मुकुन्दायण’ भन्दै रूख चढेर चिच्याउँथे।पछी फेसबुक र युट्युबमा आउन थाले। अहिले लकडाउनको समय लोकप्रियताको शिखरमा पुगेको ‘क्लबहाउस’मा उनको ‘ईन्ट्रि’ भएको छ।क्लबहाउसमा लकडाउनमा फुर्सतिला बनेका विश्वभर छरिएका नेपालीहरूले उनलाई धमाकेदार स्वागत गरे भन्दा हुन्छ

मुकुन्दे’लाई धान्छ त क्लबहाउसले भनेर बहस नै चार पाँच घण्टा सम्म चल्यो। हिजो (बुधवार) पनि “नेपाली जनता के भन्छ? मुकुलाई मौका दे भन्छ” टपिकमा बोल्दै एमसीसीको बिरोध गर्नेको मुख च्यातेर कानमा पुर्याई दिने चेतावनी दिएका छन।

उनी भन्छन्, ‘भारतमा गएर सिए पढ्ने विद्यार्थीहरुको भान्से बसेको भाडा माझ्ने ज्ञानेन्द्र शाहि राउटे केटो नेपालमा आएर एमसीसी बिरुद्ध र भ्रष्टाचार बिरुद्ध भन्दै नाटक देखाएको छ। यस्लाई केही नगरि भएन।’

एमसीसी देशको हितमा छ र अब छिटै पारीत पनि हुन्छ।राजाबादीले एमसीसी आयो भने, राजसंस्था पुर्ण स्थापना हुन गार्हो हुने भन्दै एमसीसीको बि’रोध गरी रहेको उनले बताए।


Last Updated on: January 20th, 2022 at 12:39 pm
६५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया