बुधबार ०४ जेठ २०७९

छेडा-गाड नगरपालिकाका एक वडाध्यक्षलाई कालो-मोसो

जिल्लाको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले का’लोमासो दलेको छ ।

नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेको हो । सिंगो विद्यार्थी र जनताको भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन्, र दिदैनौ पनि ग’लतका वि’रुद्धको खबरदारी मात्र भएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले बताए ।

यस्तै अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुकमा एउटा विज्ञप्ती जारी गर्दै जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेट बाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँया हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको,

बाहुन गाउँ देखि अफ्गान खानेपानी योजना बाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहान बाट जेवा खानेपानी योजना बाट ७ लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएको आ-रोप लगाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएस्पी मधुकुमार थापाले घटनाको विषयमा प्रहरी समक्ष कुनै जानकारी नआएको बताए । उनले भने, ‘पीडित पक्ष बाट कुनै खालको जानकारी आएको छैन्, यदि आयो भने हामी प्रक्रिया अघि बढाई कालोमोेसो दल्नेहरुको खोजी गछौं, कालोमोसो बदल्नेहरुलाई कारबाही गछौँ ।’

यो पनि ‘मूल्य समायोजन, कालोबजारी र औषधि व्यवस्था विभागमा राजनीतिक हस्तक्षेपले सिटामोल अभाव’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारी निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई बुधबार बिहान बालुवाटारस्थित सरकारी निवास बोलाएर उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।

कोभिड–१९ संक्रमण तीब्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सरकारी निकायले समेत सिटामोल पाएका छैनन् । मूल्य वृद्धिका लागि अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील हुन नसकेको आरोप लागिरहेको छ ।

‘प्रधानमन्त्रीज्यूले औषधिको उत्पादन क्षमता बढाउन पनि निर्देशन दिनुभएको छ,’ गृहमन्त्री खाँणले भने, ‘हामीले नेपाल औषधि लिमिटेड र निजी उत्पादक कम्पनीलाई औषधि उत्पादन बढाउन भनिसकेका छौं ।’ जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले औषधि आपूर्ति व्यवस्थाको अनुगमन गर्ने उनले बताए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीब्र पार्न निर्देशन दिएका छन् ।

कान्तिपुरमा बुधबार ‘सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री देउवाले चासो दिएका हुन् । स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार प्रधानमन्त्रीले मुख्यसचिव बैरागीलाई ‘सिटामोलसमेत नपाउने अवस्था कसरी आयो ?’ भन्दै सोधेका थिए । ‘उहाँले कुनै पनि बहानाबाजी नगरी तत्काल औषधि उत्पादन र आपूर्ति सहज गर्न निर्देशन दिनुभयो,’ ती कर्मचारीले भने, ‘कोभिड संक्रमण तीब्र भएको बेला सिटामोलसमेत अभाव हुने अवस्था आउनु विडम्बना भएको प्रधानमन्त्रीले बताउनु भयो ।’

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सिटामोललगायत औषधि अभाव हटा’उन प्रक्रिया सुरु गरिसकिएको बताए । उनका अनुसार सिटामोल अभाव हुनुमा मूल्य समायोजन, कालोबजारी र औ-षधि व्यवस्था विभागमा राजनीतिक हस्तक्षेपका कारण सिटामोल अभाव भएको हो । कच्चा पदार्थ महँगो भएको भन्दै उद्योगहरुले औ-षधिको मूल्य समायोजन गर्न माग गरिरहेका छन् ।

उद्योगबाट उत्पादन घट्दा अत्यावश्यक औ-षधिमा कालोबजारी पनि भइरहेको छ । औ-षधिको मूल्य समायोजन गर्न औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा मूल्य अनुगमन समिति छ । मूल्य समायोजन गर्न कार्यविधि बनाएर बजारमा औ-षधि अ-भाव हुन नदिने जिम्मेवारी बोकेको समिति निष्क्रियजस्तै छ ।


Last Updated on: January 20th, 2022 at 1:17 pm
६९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया